धनबहादुर मगर, नागार्जुन, काठमाडौं। आदर्श महिला समाजद्धारा आयोजित डा.शशी थापा पण्डितद्धारा लिखित नेपाली काम कला, मल्लकालीन नेपालको नारीहरु, नागर्जुन क्षेत्रको सांस्कृतिक अध्ययन विषयक ३ वटा पुस्तकको लोकार्पण भएको छ ।
लोकार्पण कार्यक्रममा पुस्तक लेखिका डा.शशी थापा पण्डितले मल्लकालीन नेपालको नारीहरु, नागार्जुन क्षेत्रको सांस्कृतिक अध्ययन, र नेपाली कामकला लेख्नुको कारण नेपाली जीवन र जगतलाई जीवन्त पार्ने सानो प्रयास भएको बताइन् । उनले विद्यावारिधी के विषयमा केन्द्रीत गर्ने भन्ने आफू अन्यौलमा परेको अवस्थामा परिवारमा समेत धेरै सोधखोज र छलफल भएको बताईन् ।
विशेषगरि नेपाली कामकला नामक उक्त पुस्तक लेखन गर्ने निष्कर्षमा पुगेको बताईन । उनले हजारौं वर्ष देखिको गुहेश्वरीको इतिहास थाहा पाउन सकेको थिएन । थोरै भएपनि गरेको प्रयास भएको छ । एमए देखि थेसिस लेख्ने दिनसम्म प्रा.डा. दिनेशराज पन्त र आफ्नो घर–परिवार, प्रा.डा. पेशल दाहाल, मन्त्रतन्त्र विभागका धनबहादुर कुँवर, प्रा.डा. विणा पौडेलले लगायत धेरैको सहयोग रहेको बताईन् ।
पन्तले नागर्जुनको डाँडोमा छालाको जुता लगाएर सकिनसकि पढेर तयार गर्न सहयोग पु-याएको बताइन् । त्रिविमा तन्त्र, दर्शन, सामाजिकशाश्त्र, पाश्चायन विभाग प्रमुख धनबहादुर कुवरले सहयोग पु-याएको पनि उल्लेख गरिन् । ‘नेपालीकाम कला, मल्लकालीन नेपालको नारीहरु, नागार्जुन क्षेत्रको सांस्कृतिक अध्ययन तयार पार्न सबैको सहयोगको लागि धन्यावाद दिइन् ।
उक्त पुस्तक लोकापर्ण कार्यक्रममा प्रा.डा. जगमान गुरुङ्गले नेपाली साहित्यकला, सांस्कृतको उर्वर भूमि रहेको बताउँदै हिमवत् खण्डदेखि नै नेपाली कला जीवन्त रहेको छ । कला संस्कृतिले अध्यात्मिक दर्शन देखि भौतिकवादी दर्शनको प्रभाव छोड्न सफल भएको बताए ।
हरियो उर्वराका प्रतीक हो । सिन्दुर पुरुषार्थको प्रतीक हो । हिरा जिओनोमिष्ट पावर शक्ति कला भनेको विश्व र शक्ति केन्द्रको मिलनविन्दु अर्थात अर्थचन्द्र नाग हो । मन्त्र, तन्त्रमा एकात्मक काम कलाको ख्याल गर्छ ।
कामकला बारेमा धनशम्सेश राणा पछि शशीकलाको साहसलाई सलाम गर्नु पर्छ । गुरुङले भने । ‘काम कला भनेको विज्ञान हो’ विश्वलाई प्रेरणा दिने सक्नु पर्छ ।
अंग्रेजहरुले के जानेको छ ? कसैले आँट नगरेको आँट गरेको छ, गर्व गर्नुपर्छ ।नागर्जुन क्षेत्रको सांस्कृतिक इतिहास पनि निकै महत्वपुर्ण रहेको बताए ।
प्रा.डा.पेशल दाहालले शशीकलाले शुरुमा आफूलाई कस्तो विषयवस्तु छनौंट गरे भनेर शुरुमा निकै असजिलो महशुस गरेको बताए । यस्तो विषय लेख्नु पुरुषलाई त कठिन हुन्छ । महिलालाई झन् सजिलो थियो होला ! सामाग्री जम्मा गर्न नै कठिन विषय थियो । धन्न विणा माडेमले जिम्मा लिनुभयो । मूल्याङ्कन गर्न मलाई पठाउनु भयो । धनशम्शेर जवराले लेखेको पुस्तकपछि यो दोस्रो पुस्तक हो ।
कसैले गर्न नसकेको विद्यामा वारिधी गर्न आँट गर्नुभयो । कितावको फोटोहरु अस्पस्ट छ ।
दाहालले नागार्जुन क्षेत्रको सास्ंकृतिक अध्ययन र त्यस क्षेत्रको अभ्यास निरन्तर भइरहेको छ । नागार्जुन पवित्र स्थान भएकाले पञ्च अपराध गर्नेलाई त्यहाँ जान रोक लगाएको थियो भनिन्छ । त्यो क्षेत्र अत्यन्तै महत्वपुर्ण क्षेत्र हो । पुस्तक ७ अध्यायमा लेखिएको छ । त्यहाँको कला, संस्कृति, मठ–मन्दिर र नागार्जुन क्षेत्रको सिमाङ्कन भएको छ ।
अझ महत्वपुर्ण कुरो विकंदन्तिहरु पनि सम्मावेश गरेका छन् ।
हामीले आफ्नो पूरानो कुरा भन्दैनौं, श्रुति, परम्परा नमान्ने हो भने तेस्रो शताव्दीति फर्कनु पर्ने हुन्छ । इतिहासको विद्धता धेरै पछि पर्न सक्छ । श्रुति परम्परा, केलाएर हेर्दा गल्ती भएछ भने खण्डन गरौं । किवदन्ति र लोक कथाहरु हराए भने हाम्रो इतिहास हराउन सक्छ । छुट्यो भने थप्न सकिन्छ । आदीवासी जनजातिको इतिहास हराउन सक्छ । गल्ती भयो भने सच्याउँला । केही स्रोत देखाउनु पथ्र्यो लुकेको छ । एकेडेमीले फोटो सम्पादनमा कन्जुस्याँई गरेको छ । पुस्तक मोटो हुन्छ भनेर पनि होला । तरपनि एकेडेमीले सम्पदाको संरक्षण गरेको छ । हेरिएको छैन । सम्पदा संरक्षणको नाममा स्थानीय सरकारले सिमेन्टेड गरेको छ ।
सांस्कृतिक सम्पदा गर्न पुरातत्व विभागले अब स्थानीय पालिका प्रशासनलाई संरक्षण गर्न जिम्मा दिनु पर्छ । अनि मात्र सम्पदाहरुको संरक्षण हुनसक्छ।

