तेह्रथुम। तेह्रथुमको जङ्गल क्षेत्रबाट सल्केको आगो बुधवार दिउसो पाथीभरा मन्दिर परिसर छिरेको छ।
म्याङ्लुङ नगरपालिका ३ र ४ नं वडाको जङ्गलमा देखिएको आगो पाथीभरा मन्दिर भित्र प्रवेश गरेको हो ।
आगलागी नियन्त्रणको प्रयास जारी भए पनि हाल सम्म नियन्त्रणमा आइसकेको छैन ।
मन्दिर परिसरको भने नियन्त्रण भइसकेको स्थानीयहरूले बताएका छन् ।
करिब ३ घण्टा लगाएर मन्दिरको आगो नियन्त्रणमा लिइएको बताइएको छ ।आगलागीबाट मन्दिर परिषरमा धेरै क्षति भएको स्थानीयहरूले बताएका छन् ।
त्चथष्लन क्षेत्रमा बुधवार दिउसो ३ बजेदेखि आगो छिरेको हो स्थानीयहरूको सकृयतामा आगो ३ घण्टापछि नियन्त्रणमा लिइएको स्थानीयले बताए ।
आगलागी के कारणले भएको हो खुल्न नसके पनि कसैले चुरोट सल्काएर छोडेको आशङ्का गरिएको छ ।
यद्यपि नियन्त्रणे प्रयासमा गाउँलेहरू जुटेको पिप्लेका स्थानीय निरोलाले बताए । मन्दिरको आगो नियन्त्रणमा आएपनि मानव बस्ती भने जोखिममा परेको स्थानीय बताउँछन् ।