
काठमाडौ उपत्यकाको उपप्रमुख/उपाध्यक्ष सञ्जालको आठौं बैठक गोकर्णेश्वर नगरपालिकाको आयोजना तथा व्यवस्थापनमा सम्पन्न भयो।
बैठकमा नीति कार्यक्रम, बजेट निर्माण, राजस्व सुधार, आयोजना बैंक निर्माण तथा उपप्रमुख/उपाध्यक्षको कार्यक्षेत्राधिकारका विषयमा राष्ट्रिय योजना आयोगका प्रशासकीय अधिकृत नवराज पराजुलीबाट प्रशिक्षण सम्पन्न भयाे । स्थानीय पालिकाहरूमा मातृभाषा (कामकाजको भाषा) कार्यान्वयनको सवालका सम्बन्धमा भाषा आयोगका सदस्य माननीय सुरेशकिरण मानन्धरज्यूबाट महत्त्वपूर्ण प्रस्तुतिकरण गर्नुभयो।
आगामी दिनमा नीति,कार्यक्रम बजेट तथा आर्थिक विधेयक निर्माण तथा मातृभाषा (बागमती प्रदेशमा नेपाल भाषा र तामाङ्ग भाषालाई कामकाजी भाषाको रूपमा) कार्यान्वयन गर्ने चरणमा एकीकृत ढंगबाट जानुपर्ने विषयमा छलफल गरियो।
उपप्रमुख/उपाध्यक्षहरूले निर्वाह गरिरहेको पालिकाको गहन जिम्मेवारी तथा कार्य सम्पादनमा भोग्नुपरेको विविध जटीलताहरू र असल कार्यहरूको अनुभव आदानप्रदान लगायतका विषयहरूमा समेत अन्तरक्रिया गरियो र आगामी बैठकमा सशक्त छलफल गर्ने गरि आजको बैठक समापन भयो।
बैठकको कुशल व्यवस्थापन/सञ्चालन गर्नुहुने गोकर्णेश्वर नगरपालिकाका प्रमुख तथा उपप्रमुख लगायत पालिका परिवारलाई हार्दिक धन्यवाद ब्यक्त गर्नुभयो।