
सनराइज बैंकले वार्षिक साधारण सभा डाकेको छ । बैंकले असार ३ गते आफ्नो १५ औं वार्षिक साधारण सभा आम्रपालि व्यांक्वेट,बालुवाटारमा बिहान ११ बजे बोलाएको हो ।
लक्ष्मी बैंकसँग मर्जरमा जाने सहमित लगतै बैंकले सभामा पनि सनराइज बैंक र लक्ष्मी बैंक एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धी संचालक समितिको विशेष प्रस्ताव अगाडी सारेको छ । मर्जर प्रयोजनको लागि मुल्याङनकर्ताले तयार गरेको बैंकको चल अचल सम्पत्ति तथा दायित्व मुल्याङ्गन (डीडीए) प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात र अन्तिम सम्झौता पत्र पारित गर्नेछ ।
साधारणसभा प्रयोजनका लागि बैंकले जेठ २३ गते बुक क्लोज गर्ने भएको छ । अर्थात जेठ २२ गतेसम्म कारोबार भइ कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।
केहि दिन अगाडी मात्र यी दुबै बैंकले १ः१ अनुपातमा मर्ज जाने सहमति गरेका थिए । मर्जरपश्चात लक्ष्मी सनराइज बैंकको नामले एकीकृत कारोबार गर्ने तय भएको छ ।
हाल लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ छ भने सनराइजको १० अर्ब ११ करोड रुपैयाँ छ । १००५ को स्वाप पछि २० अर्ब ६६ करोड रुपैयाँ चुक्ता पुँजीको बैंक बन्नेछ।