इतिहासमा गर्व गरेर मात्र पुग्दैन, नयाँ अध्याय पनि लेख्नुपर्छ : बिनिता खड्का


काठमाडौं। नेपाली कांग्रेसको लामो राजनीतिक इतिहासलाई सम्मान गर्दै अबको पुस्ताले आफ्नै समयको आवश्यकता सम्बोधन गर्ने कांग्रेस निर्माण गर्नुपर्ने धारणा कांग्रेस नेतृ बिनिता खड्काले अघि सारेकी छन्।

उनका अनुसार बीपी कोइरालादेखि गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालासम्मका नेताहरूले संघर्षमार्फत निर्माण गरेको राजनीतिक विरासत नेपाली कांग्रेसको ठूलो पूँजी हो। तर इतिहास सम्झेर मात्र संगठन जीवन्त नहुने उनको भनाइ छ।

खड्काको जोड इतिहासलाई वर्तमानसँग जोड्नमा छ। बदलिएको सामाजिक संरचना, प्रविधि, रोजगारी, शिक्षा र युवाको आकांक्षालाई सम्बोधन गर्ने कार्यशैली विकास गर्नुपर्ने उनले बताउँदै आएकी छन्।

बिनिताको सन्देश: “हामी इतिहास पढ्न मात्र आएका होइनौँ, इतिहासको अर्को अध्याय लेख्ने पुस्ता पनि हौँ।”