शिवहरि बैरागीलाई दीर्घ सम्मानः पचास जनालाई एभर ग्रीन वर्ल्डवाइडको सम्मान


काठमाडौं। कर्म अनुसार आ–आफ्नो पहिचान, विभिन्न विधाका व्यक्तित्वहरूलाई सम्मान भन्ने नाराका साथ राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम २०८३ सम्पन्न भएको छ ।

एभर ग्रीन वर्ल्डवाइड इन्टरटेन्मेन्टले आफ्नो १४ औँ वर्ष प्रवेशको गौरवमय अवसरमा २०८३ साल साउन १५ गते शुक्रबार नेपाली परम्परागत मौलिक पर्व खीर खाने दिनमा चलचित्र विकास बोर्ड काठमाण्डौँमा आयोजना गरेको कार्यक्रममा चलचित्र, स्वास्थ्य, व्यवसाय, सौन्दर्य पर्यटन, पत्रकारिता, गीत संगीत साथै विभिन्न क्षेत्रमा आफ्नो पहिचान बनाउनु भएका पचास व्यक्तित्वहरुलाई दशक सम्मान, विशेष सम्मान र प्रोत्साहन सम्मानद्वारा सम्मानित गर्यो ।

संस्थाका अध्यक्ष गोपाल ढकाल (छन्दे)को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डि।सि, विशेष अतिथिहरुमा प्रथम नेपाली चलचित्र नायिका भुवन चन्द, चैत्यदेवी सिंह, हास्य साम्राज्ञी बसुन्धरा भुषाल, कृष्ण मल्ल, रवीन्द्र खड्का, मोहन निरौला, राजु शाह, उत्तम के।सी, मिथिला शर्मा, नारायण प्रधान, गोपालकाजी कायस्थ, निर्मलराज पौडेल लगायत सयौँ व्यक्तिहरुको उपस्थित रहेको थियो।

यसै बर्षदेखि शुरु गरिएको दिर्घ साधना सम्मान पुरस्कार नगद रु. ३३,३३३ (तेत्तीस हजार तिनसय तेत्तीस रुपैयाँ) निरन्तर कलाकारितामा सक्रिय विशिष्ट चलचित्रकर्मी शिवहरी नेपाल (बैरागी) लाई प्रदान गरिएको थियो।

नौमती बाजा समूह बालाजुले कार्यक्रम अवधिभर रौनकता थपेको थियो भने उक्त कार्यक्रमलाई लाइफ ओके टेलिभिजनले प्रत्यक्ष प्रशारण गरेको थियो।

गायक तथा संगीतकार कृष्ण भट्टराईको गायनमा सम्पूर्ण दर्शकहरु रमाएका थिए भने चुडामणि फुयालको कोरियोग्राफी रहेको एन.के डान्स एन्ड फिल्म प्रोडक्सन साथै महान सिद्धार्थ हाइस्कुलको भाई, बहिनीहरुको प्रस्तुतिमा दर्शकहरूको आँखा रसाएको थियो।

उक्त कार्यक्रमको आयोजक टिममा विशिष्ट चलचित्रकर्मी, सल्लाहकार रविन्द्र खड्का, नायक तथा मोडल श्रीदेव भट्टराई, सञ्चारकर्मी सोनितराज ढुंगेल, समाजसेवी राजन थापा, कलाकार तथा निर्देशक जीवन थापा, छायाँकार हर्कमान वाइबा रिदम, स्वास्थ्यकर्मी सिकृता वस्ती, गीतकार तथा लेखक भानुभक्त ढकाल रहेका थिए भने विभिन्न सहयोगी संधसंस्था, व्यक्तिहरुलाई कदरपत्र, मायाको चिनो प्रदान गरिएको थियो।

संस्थाका अध्यक्ष गोपाल ढकाल (छन्दे)को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसि, विशेष अतिथिहरुमा प्रथम नेपाली चलचित्र नायिका भुवन चन्द, चैत्यदेवी सिंह, हास्य साम्राज्ञी बसुन्धरा भुषाल, कृष्ण मल्ल, रवीन्द्र खड्का, मोहन निरौला, राजु शाह, उत्तम केसी, मिथिला शर्मा, नारायण प्रधान, गोपालकाजी कायस्थ, निर्मलराज पौडेल लगायत सयौँ व्यक्तिहरुको उपस्थित रहेको थियो।