काठमाडौं । दोस्रो सगरमाथा समिटर समिट आज काठमाडौंस्थित The Soaltee Kathmandu मा सम्पन्न भएको छ।
समिटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पाैडेल, पर्यटन सचिव मुकुन्द प्रसाद निराैला लगायतको सहभागिता रहेको थियो।
आयोजक सुदर्शन नेपालको संयोजकत्वमा सम्पन्न कार्यक्रममा सगरमाथा आरोहण ब्यक्तिलाई सम्मान, हिमाली पर्यटन, वातावरण संरक्षण तथा दिगो पर्वतारोहणका विषयमा छलफल गरिएको थियो।
समिटमा सहभागीहरूले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको असर, पर्वतीय पर्यटनको चुनौती तथा सगरमाथा क्षेत्रको संरक्षणका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको धारणा राखेका थिए।
विश्वका विभिन्न मुलुकबाट आएका सगरमाथा आरोहीहरूको सम्मानमा बुधबार आयोजित ‘नेपालका राष्ट्रपतिसँग सगरमाथा आरोहीहरूको ब्रेकफास्ट’ कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले सगरमाथा नेपालको मात्र नभई विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको बताए।
राष्ट्रपति पौडेलले सगरमाथा नेपालको गौरव, प्रतिष्ठा र पर्यटन अर्थतन्त्रको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यसको संरक्षण, प्रवर्द्धन र दिगो उपयोगमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।