बर्खे धानको न्यूनतम समर्थन मूल्य सरकारले तोक्याे


काठमाडौं। सरकारले बर्खे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३ /८४ का लागि बर्खे धानको न्यूनतम समर्थन मूल्य तोकेको हो।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले मोटो धानको न्यूनतम समर्थन मूल्य ३६ सय ६० रुपियाँ र मध्यम धानको समर्थन मूल्य ३८ सय ६० रुपियाँ प्रति क्विन्टल तोकिएको जानकारी दिएका छन्।

जेठ ११ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय

१ अर्थ मन्त्रालय:
नेपाल-चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे-केरूङ) को कार्यान्वयनको लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र (Letter of Reply) स्वीकृत गर्ने।

२ कृषि, वन तथा पर्यावरण मन्त्रालय:
आ.व. २०८३/८४ मा वर्षे धान बालीको न्यूनतम समर्थन मूल्य मोटा धानको रू. ३६६०/- प्रति क्वीन्टल र मध्यम धानको रू. ३८६०/- प्रति क्वीन्टल तोक्ने ।

३ भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन:
सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने।

४ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय:
नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव श्री मुकेश डंगोललाई नियुक्ति गर्ने।