बागमती प्रदेशमा(नेवारी)नेपाल र तामाङ भाषाको कार्यान्वयनबारे फोनिज संवाद कार्यक्रम आयोजना हुँदै


काठमाडौं। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश समितिको आयोजनामा बागमती प्रदेशमा नेपाल र तामाङ भाषालाई सरकारी कामकाजी भाषाका रूपमा दिएको मान्यताको कार्यान्वयन र प्रयोगको अवस्थाबारे छलफल गर्न फोनिज संवाद कार्यक्रम आयोजना हुने भएको छ।

नेपाल सरकार, बागमती प्रदेश सरकारले नेपाल र तामाङ भाषालाई सरकारी कामकाजी भाषाको रूपमा घोषणा गरी कार्यान्वयनमा ल्याइसकेको सन्दर्भमा यसको वर्तमान अवस्था, उपलब्धि र चुनौतीहरूमाथि बहस गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

कार्यक्रममा आदिवासी जनजाति क्षेत्रका विभिन्न निकायका प्रतिनिधि, नीति निर्माता तथा भाषिक अभियन्ताहरूको सहभागिता रहनेछ।

संवाद कार्यक्रममा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङ, आदिवासी जनजाति आयोगका अध्यक्ष माननीय राम बहादुर थापा मगर, नेपाल सरकारका सहसचिव रुद्र सिंह तामाङ, बागमती प्रदेश सरकारका सचिव दीपेन्द्र सुवेदी, भाषा आयोगका कामु सचिव डा. लोक बहादुर लोप्चन, नेपाल आदिवासी जनजाति महासंघका महासचिव दिवस राई, नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तथा नेवा दय दबुका अध्यक्ष पवित्र बज्राचार्य वक्ताका रूपमा सहभागी हुनेछन्।