राैतहट। राैतहट जिल्लामा करिब पाँच बर्ष देखिको विवादमा तीस लाख रुपैयाँको लेनदेन सम्बन्धी विवाद अदालतको प्रक्रियामार्फत एक पक्षले आफ्नोतर्फबाट भएको कागजातमात्र पेश गरि जिल्ला र उच्च अदालतले जितेको अाधारमा अन्ततः मिलापत्र गरेर टुंगिएको छ। तर यसमा प्रहरीलाई जानकारी गराउदा पनि कागज लेख्ने र राख्ने दुवैको प्रहरी कार्यालयमा उपस्थित गराउन अालटाल गर्ने गरेको पाइयो । पिडितले नलिएको पैसा तिर्नु पर्ने अदालतकाे निर्णयमा सहमत हुन नसकेको जनाए ।
जिल्ला अदालत राैहतटमा दर्ता गरिएको झुटा मुद्दामा हाल गुजरा नगरपालिका–८ का निवेदक जाजुल मियाँ धुनिया र राजपुर फरहदवा गाउँपालिकाका प्रतिवादी कदिर धुनियाबीच लामो समयदेखि चल्दै आएको रकमसम्बन्धी विवादमा सहमतिकाे नाटक भएको हो।
मुद्दामा उठाइएको दाबीअनुसार, निवेदकले प्रतिवादीसँग ३० लाख रुपैयाँ लिन बाँकी रहेको भन्दै झुटा मुद्दा दायर गरेका थिए। तर, दुवै पक्षबीच आपसी छलफलपछि स्थानीय लेखनदासले ३०/३० लाख दिनुपर्ने कागजात बनाइ उनको आफ्नोतर्फबाट दुईवटा कागज आफै संग राखि एक पक्षमात्र मुद्दामा लिनुपर्ने गरेको कायम गराउन सबै मिलेर कदिर धुनियालाई प्रतिवादि बनाई जिल्ला अदालत बाट बादी जाजुल मिया धुनिया र उनको समुहले प्रतिवादि कदिरको परिवारलाई धम्क्याएर, परिबन्दमा पारेर सहमति भई मिलापत्र गरिएको निवेदनमा सहिछाप गर्न लगाएका उक्त कागजमा उल्लेख छ।
कादिर मियाँकाे कागजात लुकाएको ब्यक्ति र लेख्ने ब्यक्ति प्रहरी कार्यालयलाई अटेर गरि नआएकोले गर्दा सबैको यसमा मिलेमतो रहेको छ। पिडित प्रतिवादिले न्याय, प्रहरी, प्रशासन कहि बाट पनि न्याय पाउन सकेको छैनन।
उनलाई समाजका ब्यक्तिहरु अर्कोतर्फ मात्र लागिपरेका छन। अबका मिटरब्याजि समुहले कदिर धुनियालाइ उसको सबै सम्पत्ति हताउने कदिरका छोरा महोबत धुनियाले बताएका छन।
अदालतमा पेश गरिएको निवेदनमा भनिएको छ, “मुद्दा मिलापत्र गर्ने सहमति भइसकेको हुँदा भविष्यमा कुनै आपत्ति नगरीकन ३ लाख पचास हजार वादीलाई बुझाउनका लागि यससँगै मुद्दा मिलापत्रद्वारा टुंगिएको अदालत स्रोतले जनाएको छ।

पिडामा परेका छन पिडित कदिर धुनिया अब कहाँबाट पाउनेछन् न्याय ।।।।