श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव
आज कृष्ण जन्माष्टमी
यस पर्व प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइन्छ ।
हातमा मुरली, शिरमा मयूरको प्वाँख, शीतल बगैंचामुनी, जीवजन्तुहरूको साथमा गोपिनीहरूको मायामा बाँसुरीको मधुर धुन यस्तै वातावरणमा विराजमान प्यारा भगवान श्री कृष्ण आजैको दिन मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट जन्म भएको मान्यता रहिआएको छ ।
कृष्ण जन्माष्टमीको पावन अवसरमा सम्पूर्णमा शान्ति, समृद्धि र सुख–शान्तिको कामना गर्दछौं।