२४ पुष २०८२, बिहीबार ११:३२
काठमाडौँ। काठमाडौँको धापासीमा सञ्चालित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको १३ औँ वार्षिकोत्सव भव्यताका साथ मनाइएको छ । नेपालमै अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्यसेवा प्रदान गर्ने उदेश्यले स्थापना भएको ग्राण्डीले शनिबार साँझ एक कार्यक्रमको आयोजना गरि आफ्नो १३ औँ वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवका अवसरमा...
९ पुष २०८२, बुधबार १६:४३
समुदायमै देखिन सक्ने जनस्वास्थ्यसम्बन्धी घटना तथा रोगहरूको समयमै पहिचान गरी तत्काल प्रतिकार्य गर्ने उद्देश्यका साथ “समुदायमा आधारित रोग निगरानी प्रणाली” को औपचारिक शुभारम्भ गरिएको छ। माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमज्यू ले एक विशेष कार्यक्रमका बीच उक्त...
६ पुष २०८२, आईतवार १८:५०
काठमाडौं। एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ। विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो। कम्पनीले उक्त...
६ पुष २०८२, आईतवार १६:१५
काठमाडौँ —स्वामी आनन्द अरुणले आर्थिक समृद्धिसँगै मानिसहरूमा मानसिक सन्ताप बढ्दै गएको बताएका छन्। आइतबार राजधानीमा आयोजित दोस्रो विश्व ध्यान दिवस–२०२५ को मूल समारोहलाई सम्बोधन गर्दै उनले मानसिक स्वास्थ्य सन्तुलनका लागि ध्यान र योगको आवश्यकता अझ बढ्दै गएको उल्लेख गरे। उनले...
५ पुष २०८२, शनिबार १२:११
काठमाडौं। शुष्मा कोइराला मेमोरियल अस्पतालमा गम्भीर प्रशासनिक संकट उत्पन्न भएको छ। ट्रस्ट व्यवस्थापनको निरन्तर हस्तक्षेप, कर्मचारीमाथि दबाब तथा असुरक्षाको वातावरण सिर्जना भएको भन्दै अस्पतालका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्। अस्पतालमा गठन गरिएको संघर्ष समितिका अनुसार ट्रस्ट व्यवस्थापनले बारम्बार गरिएको ध्यानाकर्षण र...
२ पुष २०८२, बुधबार २०:०४
काठमाडौं। विश्वभरि बढ्दै गएका नसर्ने रोग र मानसिक स्वास्थ्य समस्यालाई नियन्त्रण गर्न संयुक्त राष्ट्रसंघले पहिलो पटक विश्वव्यापी राजनीतिक प्रतिबद्धता जनाएको छ। यो प्रतिबद्धता संयुक्त राष्ट्रसंघको १७औँ महासभामा, सेप्टेम्बर २५ मा सम्पन्न चौथो उच्चस्तरीय बैठकको उपलब्धिका रूपमा लिइएको हो। यस पहलले...
२४ मंसिर २०८२, बुधबार १९:२६
काठमाडौं। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुरुवात गरेको राष्ट्रिय मानसिक स्वास्थ्य सचेतना अभियान २०८२ को लागि युनिसेफ र विश्व स्वास्थ्य सङ्गठनले बधाई दिन चाहन्छन्। बालबालिका र युवाहरूमा मानसिक स्वास्थ्य समस्याहरुको पहिचान र उपचार सेवाहरुमा सिमित पहुँच भएको यस चुनौतीपूर्ण...
२४ मंसिर २०८२, बुधबार १६:३५
काठमाडौँ, बूढानीलकण्ठको नगर अस्पतालले आफ्नो सेवा विस्तार गरी दैनिक तीन सयसम्म बिरामीलाई उपचार गर्न थालेको छ । डेढ वर्षअघि तीन जनाको उपचारबाट सेवा सुरु गरेको यस अस्पतालमा अहिले सेवा विस्तार गरी बर्थिङ सेन्टरको पनि सुरुआत गरिएको छ । बूढानीलकण्ठ नगरपालिकाका...
२३ मंसिर २०८२, मंगलवार ०८:४३
काठमाडौं। खोटाङ जिल्ला केपिलासगढी–४ निवासी छब्बिस वर्षीय प्रभिशन राईको उपचारका क्रममा लापरवाही भएको भन्दै उहाँका आफन्तले बल्खु वयाेदा अस्पतालमा आक्रोश प्रकट गरेका छन्। राई सोमबार करिब १२ बजे मध्यरातमा सामान्य अवस्थामा रहे पनि स्वास प्रस्वासमा सामान्य समस्या भएपछि काठमाडौंको बल्खुस्थित...