Banking

छानबिन विशेष समितिले दुई सहकारीका सञ्चालकसँग बयान लिँदै

३० श्रावण २०८१, बुधबार १५:१३

काठमाडौं । सहकारी बचतकर्ताको बचत रकम अपचल सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले दुई सहकारीका सञ्चालकसँग बयान लिँदैछ । कास्कीको पोखरास्थित जेलमा रहेका सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल र स्वर्णलक्ष्मी सहकारीका सञ्चालक भविश्वर अर्यालसँगको बयान लिइरहेको हो ।...

सानिमा बैंककाग्राहकहरुलाई बुद्ध एयरमा विशेष छुट

३० श्रावण २०८१, बुधबार १०:१५

सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बुद्ध एयरमा विशेष छुटको व्यवस्था गरेको छ ।  सानिमा बैंकको भिसा डेबिट÷क्रेडिट कार्ड प्रयोगकर्ताहरुले डिजिटल भुक्तानीगर्दा बुद्ध एयरको टिकटमा ८ प्रतिशतको छुट प्राप्तगर्न सक्नेछन् । छुटका लागि...

ग्लोबल आइएमई बैंक, आइएमई र जाल्टान बिच त्रिपक्षीय समझदारी, जापान जाने विद्यार्थीले सहजै शैक्षिक कर्जा पाउने

२२ श्रावण २०८१, मंगलवार १७:३६

ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लिमिटेड तथा जापानिज भाषा शिक्षक संघ नेपाल (जाल्टान) बिच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  उक्त समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमई लिमिटेडका प्रमुख सम्बन्ध व्यवस्थापन सुशिल थापा तथा जाल्टानका...

एनआईएमबी एस क्यापिटलको १२ औं वार्षिकोत्सव 

२० श्रावण २०८१, आईतवार ०३:४८

काठमाडौं, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईएमबी एस क्यापिटल लिमिटेडले मर्चेन्ट बैकिंक तथा इन्भेस्टमेन्ट बैकिंक क्षेत्रमा सेवा प्रदान गर्दै आएको आज १२ वर्ष पूरा भएको छ । धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त मर्चेन्ट बैंकरको रूपमा यस कम्पनीले आइपिओ जारी...

ग्लोबल आइएमई बैंक र गल्फ एक्सचेन्ज बिच सम्झौता,

१९ श्रावण २०८१, शनिबार ०७:००

ग्लोबल आइएमई बैंक लिमिटेड र कतारमा अवस्थित गल्फ एक्सचेन्ज कम्पनीबिच कतारबाट नेपालमा सहज रुपमा रेमिटेन्स पठाउनेसम्बन्धी सम्झौता भएको छ ।  सम्झौताअनुसार रोजगारको सिलसिलामा कतारमा रहनुभएको नेपालीहरुले गल्फ एक्सचेन्जको १७ वटा शाखा तथा गल्फ एक्सचेन्जको रेमिटेन्स एपबाट ग्लोबल रेमिट मार्फत सहज...

ग्लोबल आइएमई बैंकको महिला सञ्चालकमा ज्ञवाली र प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त

१५ श्रावण २०८१, मंगलवार १२:५७

ग्लोबल आइएमई बैंकको स्वतन्त्र/महिला सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली र प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त हुनुभएको छ ।  बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई सञ्चालक र रेग्मीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।  त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन...

ग्लोबल आइएमई बैंकको ग्राहक संख्या ५० लाख पुग्यो

५ श्रावण २०८१, शनिबार २२:२६

ग्लोबल आइएमई बैंक लिमिटेडको ग्राहक संख्या ५० लाख नाघेको छ । वि.सं. २०६३ सालमा स्थापना भएको यो बैंकले स्थापनाको १७ वर्षमै विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर तथा अक्विजिसन गर्दै अधिकांश वित्तीय सूचकहरुमा मुलुककै सबै भन्दा ठूलो वाणिज्य...

सूचना प्रविधिको विकासलाई  प्राथमिकतामा राख्न महासङ्घ अध्यक्ष ढकालको आग्रह

४ श्रावण २०८१, शुक्रबार २२:२०

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको आर्थिक विकासका लागि सूचना प्रविधिका क्षेत्रमा धेरै सम्भावना रहेकाले यसबाट लाभ लिनसक्ने गरी औद्योगिक विकास गर्न आग्रह गर्नुपर्ने धारणा राख्नुभएको छ । आज काठमाडौँमा आयोजित सूचना प्रविधिसम्बन्धी एक कार्यक्रमलाई सम्बोधन...

सानिमा बैंक लि. र पाटन अस्पताल बीच विपन्न महिलाको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौता

१ श्रावण २०८१, मंगलवार २३:५०

सानिमा बैंक लि. र पाटन अस्पताल बीच विपन्न महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ। उक्त सम्झौतापत्र अन्तर्गत आगामी १ वर्षका लागि सानिमा बैंकले न्युन आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि उक्त अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउनेछ।...