काठमाडौं। सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलिज्यूको प्रमुख आतिथ्यतामा मिति २०८१ फागुन २६ र २७ गते काठमाण्डौमा पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको शुभारम्भ भएको छ।
श्रम, रोजगार तथा सामाजिक शुरक्षा मन्त्रालयको उत्पादकत्व अभिबृद्धिका लागि आन्तरिक रोजगार प्रवद्र्धन भन्ने नाराका साथ सो सम्मेलन हिजो देखि प्रारभ्म भएको हो।
उक्त अवसरमा माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको समुपस्थितिमा नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपाल र सो मन्त्रालय अन्तर्गत रहेको सामाजिक सुरक्षा कोष बिच एउटा समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
उक्त समझदारी पत्रमा नाडाले आफ्ना आवद्ध संघ संस्था र प्रतिष्ठानहरुलाई श्रम ऐन २०७४ तथा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ बमोजिम सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने गराउने र सो सुरक्षा कोषले कोषबाट सञ्चालित सामाजिक सुरक्षा योजनाहरु र सुविधाहरुका सम्बन्धमा नाडासंगको सहकार्यमा आवश्यक सचेतना कार्यक्रम सञ्चालन गर्नेछ।
सो समझदारीपत्रमा नाडाकातर्फबाट अध्यक्ष करण चौधरी र कोषकोतर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारीले हस्ताक्षर गर्नु भएको छ।
यस्तो ऐतिहासिक समझदारीले नाडा र सामाजिक सुरक्षा कोष बिचको सम्बन्ध आगामी दिनहरुमा थप सवल र सुदृढ हुँदै जाने विश्वास समेत नाडाले लिएको छ।
उक्त समझदारी अनुसार नाडाले अव हरेक प्रदेशमा सञ्चालन गर्ने भन्सार, भ्याट र भिसिटियस सम्बन्धी प्रशिक्षण कार्यक्रमहरुमा सो कोषबाट समेत प्रशिक्षक उपलब्ध गराउने छ।
उक्त हस्ताक्षर कार्यक्रममा नाडाकातर्फबाट महासचिव सुरेन्द्रकुमार उप्रेति सचिव विक्रम सिंहानिया समेतको उपस्थिति रहेको थियो।