काठमाडौं। नेपाली जीवन बीमाको इतिहासमा कोसेढुंगा बनेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी आजबाट ३७ औं वर्षमा प्रवेश गरेको छ ।
सरकारी बीमा कम्पनीले मात्रै जनताको बीमा हुन नसक्ने देखेर २०४४ साल फागुन १० गते स्थापना गरिएको नेशनल लाइफ इन्स्योरेन्सले आज ३७ औं बार्षिकोत्सव भव्य रुपमा मनाउँदैछ ।
आम सर्वसाधारणलाई घरदैलोमा नै जीवन बीमा सेवा दिने उद्देश्यले स्थापना भएको नेपालकै पहिलो निजि क्षेत्रका जीवन बीमा कम्पनीले ३७ बार्षिकोत्सवको अवसरमा बीमितलाई अधिकतम बोनस र लगानीकर्ताहरुलाई उच्चतम् प्रतिफल दिने प्रतिबद्धता जनाएको छ ।
बोनसदरको आधारमा सर्वोत्कृष्ट बोनस दिँदै आएको कम्पनीले आगामी दिनमा अझै सुधार गरेर बीमितलाई अधिकतम् लाभ दिने प्रतिबद्धता जनाएको छ ।
३७ औं बार्षिकोत्सवको अवसरमा रक्तदान लगायतका कार्यक्रमहरु देशैभरि आयोजना गरिने कम्पनीले जनाएको छ ।
त्यस्तै बृद्धाश्रममा पुगेर खाना खुवाउने कार्यक्रमहरु पनि रहेका छन् ।
आम जनतालाई विश्वस्तरीय बीमा सेवा दिने उद्देश्यले संस्थापित नेशनल लाइफ इन्स्योरेन्स कम्पनी आजको दिनसम्म आईपुग्दा जीवन बीमा कोषको आधारमा तेस्रो र व्यवसाय बृद्धिदरको आधारमा दोस्रो ठूलो कम्पनीको रुपमा आम जनतालाई सरल र सर्वसुलभ रुपमा बीमा सेवा प्रवाह गर्दै आइरहेको छ ।
देशका ७७ वटै जिल्लामा आफ्नो उपस्थिति दर्शाएर कम्पनीले आम जनताको जीवन बीमालाई सरल र सहज बनाउँदै आएको छ ।