तुर्कमेनिस्तानमा एलएलडिसीको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा


तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा ‘जलवायु परिवर्तनका कारण सिर्जित प्रकोपमा भूपरिवेष्ठित विकासशील देशहरुले अवलम्बन गर्नुपर्ने अनुकूलन क्षमताको अभिवृद्धि र लचिलोपन’ विषयका छलफल सत्रलाई सम्बोधन गर्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसंघका उपमहासचिव एवं अतिकम विकसित तथा भूपरिवेष्टित विकासशील र साना टापु विकासशील मुलुकका लागि उच्च प्रतिनिधि रबाब फातिमाले आज शिष्टाचार भेट गर्नुभएको छ । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा फातिमाले प्रधानमन्त्री ओलीलाई भेट गर्नुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग लगानी प्रवर्द्वनसम्बन्धी निकायको विश्व संघ (वाइपा)का कार्यकारी निर्देशक इजमाइल इर्साहिले आज शिष्टाचार भेट गर्नुभएको छ।

भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा उहाँहरुबीच साइडलाइन भेट भएको हो।