काठमाडौं, जुनियर चेम्बर इन्टरनेशनल (JCI) नेपालले पहिलोपटक आयोजना गर्न लागेको एक अत्यन्तै ऐतिहासिक र अन्तर्राष्ट्रिय महत्वको कार्यक्रम – South-Asian Academy for International Leadership (SAAIL – नेपाल २०२५) “Bridging Nations – Building Leadership.” नारा सहित – यही जुलाई ३१ देखि अगस्ट ३, २०२५ सम्म काठमाडौंको Aloft Hotel, Thamel मा भव्य रूपमा सम्पन्न हुने तयारी अन्तिम चरणमा पुगेको छ।
दक्षिण एसियाका युवा नेतृत्वकर्ताहरूलाई एकसाथ ल्याउने उद्देश्यसहित प्रारम्भ गरिएको यस एकेडेमीले नेतृत्व विकास, अन्तरसंस्कृतिक समझदारी, क्षेत्रीय सहकार्य, र साझा भविष्य निर्माण मा केन्द्रीत लक्ष्यहरूलाई आत्मसात गरेको छ।
यो एकेडेमीको नेतृत्व नेपाल जेसीजको वर्ष २०२५ डाईनामिक राष्ट्रिय अध्यक्ष रञ्जनी थापाले गर्नुहुनेछ ।
यो नेपाल जेसीजककै ईतिहासमा अध्यक्ष थापाको अन्तरनिहित सोच र भिजनको प्रतिफलमा स्थापित हुने अवसरका रूपमा प्राप्त भएको छ।
यस कार्यक्रमको निर्देशक पूर्व राष्ट्रिय अध्यक्ष तथा जेसिआई सिनेटर प्रज्ञाराज राजभण्डारीद्वारा गरिंदैछ। जेसिआई नेपालले विश्वास लिएको छ कि SAAIL- नेपाल २०२५ दक्षिण एसियाली युवा नेतृत्व विकासको क्षेत्रमा एक ऐतिहासिक कोसेढुङ्गा सावित हुनेछ।
पृष्ठभूमि र उत्पत्ति
SAAIL को अवधारणा सन् २०२५ को JCI Asia-Pacific Conference (ASPAC) JCI Mongolia को उलानवटारमा जन्मिएको हो।
उक्त अवसरमा नेपाल, भारत, श्रीलंका र बंगलादेशका प्रतिनिधिहरूबीच संयुक्त सम्झौता (MOU) सम्पन्न भएको थियो, जसअनुसार यी चार राष्ट्रले मिलेर SAAIL को स्थापनाको संकल्प गरेका थिए।
नेपाल यो संकल्पको पहिलो कार्यान्वयन स्थल बन्न पाउनु गौरवको विषय हो। योजना अनुसार आगामी वर्षहरूमा यस कार्यक्रमलाई प्रत्येक वर्ष फरक दक्षिण एसियाली राष्ट्रमा आयोजना गरिने छ।
SAAIL – नेपाल २०२५ का प्रमुख उद्देश्यहरू
• युवा नेतृत्व क्षमताको बहुआयामिक विकास
• दक्षिण एसियाली राष्ट्रबीच आपसी समझदारी, मित्रता र सहकार्यको प्रवर्द्धन
• नेपाली संस्कृति, पर्यटन र पहिचानको अन्तर्राष्ट्रिय प्रचार–प्रसार
• अन्तर्राष्ट्रिय युवा सहभागिताबाट उद्योग, लगानी र नवप्रवर्तनको सम्भावना
• दीर्घकालीन नेटवर्क र क्षेत्रीय साझेदारीको निर्माण
• कार्यक्रमका मुख्य विशेषताहरू
नेतृत्व विकास सत्रहरू: नीति निर्माण, सार्वजनिक, उद्यमशीलता, नवप्रवर्तन र विश्व नेतृत्वदृष्टिकोणमा आधारित कार्यशालाहरू
• सांस्कृतिक आदानप्रदान तथा भ्रमण: काठमाडौं, लुम्बिनी, पाेखरा दरबार स्क्वायर, पाटन, भक्तपुर, स्वयम्भू, बौद्ध लगायतका विश्व सम्पदा सूचीकृत स्थलहरूको अवलोकन
• क्षेत्रीय फेलोसिप र उत्सव, सहभागी राष्ट्रहरूबीच सञ्जाल विस्तार र साँस्कृतिक उत्सव
• औपचारिक उद्घाटन तथा समापन समारोह: राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशिष्ट अतिथिहरूको उपस्थिति
• नेपाल पर्यटन प्रवर्द्धन: सहभागीहरूलाई नेपालको सांस्कृतिक, भौगोलिक र जैविक विविधताको परिचय
• नेपाली कला संस्कृति झल्काउने झाँक्री
• उच्चस्तरीय सहभागिता र आतिथ्य व्यवस्थापन,
कार्यक्रममा JCI Asia-Pacific तर्फका कार्यकारिणी उपाध्यक्ष Mark Joseph David, Vice President Hiroki Tomori, सिनेटरहरू, अन्तर्राष्ट्रिय पदाधिकारीहरू, युवा उद्यमीहरू, समाजसेवीहरू तथा दक्षिण एसियाली राष्ट्रका प्रमुख युवा नेतृत्वकर्ताहरू सहभागी हुने अपेक्षा गरिएको छ।
कार्यक्रम अवधिभर सहभागीहरूको आवास, भोजन, आन्तरिक भ्रमण तथा आतिथ्य व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी जेसिआई नेपालले लिएको छ।
Jaycees in Business (lead by Sri Lanka Embassy and JCI Sri Lanka श्रीलंका राजदुतावास Nepal to Sri Lanka महामहिम राजदुत पुर्ण बहादुर नेपालीको आतिथ्यता कार्यक्रम सम्पन्न हेनेछ।
“SAAIL केवल नेतृत्व विकासको कार्यक्रम होइन; यो दक्षिण एसियाको साझा भविष्य निर्माणतर्फको अग्रसरता हो। हामीले साझा प्रयासमा जुन सपना देख्यौं, त्यो आज नेपालबाट प्रारम्भ हुँदैछ। यसमा सम्पूर्ण क्षेत्रको एकता, मित्रता र दीर्घकालीन सहकार्यको सम्भावना समेटिएको छ।”
अन्तर्राष्ट्रिय प्रतिनिधिहरूलाई खुला निमन्त्रणाः
नेपालको सांस्कृतिक समृद्धि, प्राकृतिक सौन्दर्य र युवा ऊर्जा को संगम बनेको यस कार्यक्रममा सहभागी हुन सम्पूर्ण अन्तर्राष्ट्रिय प्रतिनिधिहरूलाई हार्दिक आमन्त्रण गरिन्छ।
SAAIL – नेपाल २०२५ मार्फत नेपालले एक अन्तर्राष्ट्रिय मञ्च प्रदान गर्दै युवा नेतृत्व, सहकार्य र लगानीमैत्री वातावरण निर्माण मा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।