फागुन १३ गते बुक क्लोज, स्वरोजगार लघुवित्त वित्तीयले (एफपीओ) निष्काशन गर्ने प्रस्ताव


काठमाडौं-स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २६ गते वार्षिक साधारण सभा बोलाएको छ। 

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सभा नेपाल हाउस हात्तीसार, काठमाडौंमा बिहान ११ः३० बजेदेखि शुरु हुने कम्पनीले जनाएको छ । 
साधारण सभामा संस्थाले ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३६८ प्रतिशत नगद गरी कुल ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ।
थप सार्वजनिक शेयर निष्कासन (एफपीओ) निष्काशन गर्ने प्रस्ताव पनि साधारण सभामा पेश हुनेछ। साधारण सभाले जारी तथा चुक्ता पुँजी वृद्धि गरि सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन पनि गर्नेछ। 

साथै, सभामा आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ।

आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गर्ने, लेखापरिक्षकको पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ। सभा प्रयोजनार्थ कम्पनीले फागुन १३ गते आइतबार बुक क्लोज गरिसकेको छ ।

बुक क्लोजभन्दा अगाडि कायम रहेका सेयरधनीले मात्र लाभांश प्राप्त तथा सभामा भाग लिन सक्नेछन्।