काठमाण्डौ । मर्जर पछिको पहिलो साधारण सभा तथा ३० औं साधारण सभा यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडकोे आज फाल्गुन ६ गते एक कार्याक्रमका विच सम्पन्न भएको छ । कम्पनीको साधारण सभा आज अनमोल ब्याङ्गकेट, शंखमुल काठमाण्डौंमा सम्पन्न भएको हो ।
उक्त सभामा कम्पनीको हाल कायम चुक्तापूँजीको १०.२६१२ प्रतिशतले हुन आउने रकम १९ करोड ५४ लाख ३२ हजार रुपैयाँबराबरको बोनस शेयर र ०.५४०१ प्रतिशतका दरले हुन आउने १ करोड २ लाख ८५ हजार ८९४.७४ रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनका लागि) पारित भएको छ ।
यसैगरी कम्पनीको नियमावलीमा पनि संसोधन सहित सधारणसभाको बैठकमा प्रस्ताव राखिएको थियो, संचालकको संख्या र कार्यकाल र नियुक्ती सम्बन्धमा आवश्यक संशोधन गर्न स्वीकृति प्रदान गरिएको छ ।
साथै सञ्चालक समितिको सदस्यहरुको निर्वाचन भई संस्थापक शयरधनीतर्फ अजाद श्रेष्ठ, प्रणव कुमार दास (प्रतिनिधि सि।जि। फुडस् नेपाल लिको तर्फबाट) र बलराम खनाल (प्रतिनिधि चौधरी ग्रुप प्रालिको तर्फबाट) निर्विरोध निर्वाचित भएका छन् । सर्वसाधारण शेयरधनीतर्फ पानुदत्त पौडेल र शम्भु अधिकारी निर्विरोध रुपमा निर्वाचित भएका छन् ।
सधारणसभामा संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० को साविक अजोड इन्स्योरेन्स लिमिटेड साथै यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०८० साल असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरिएको छ ।
यस्तै आर्थिक वर्ष २०८०र८१ का लागी बाह्य लेखापरीक्षक जेबि. राजभण्डारी एण्ड दिबिन्स, चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्त गरिएको छ । साविकको यूनाइटेड इन्स्योरेन्स कं.(नेपाल) लि. र साविकको अजोड इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभिए पश्चात संयुक्त रुपमा यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको नामबाट गत जेठ १४ गतेबाट एकीकृत कारोबार भएको थियो । मर्जरपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ९० करोड ४५ लाख ६८ हजार रुपैयाँ कायम भएको थियो ।