“वर्ल्ड अफ डांस नेपाल” सीजन १ का विजयी तीनै टिम दुबई मा सम्पन्न “वर्ल्ड सुप्रेमेसी ब्याटलग्राउण्ड २०२५” को ग्रान्ड फिनालिमा उत्कृष्ठ पाँचमा पर्न सफल भएको छ।
विश्वभरिका ५० टिम बिचको प्रतिष्पर्धामा नेपाल बाट गएका द ब्रेभ गोर्खा ओपन डिभिजनको तेस्रो स्थानमा, क्रिएटर्स क्रू ओपन डिभिजन कै चौथो स्थानमा र एन डी ए क्रु भर्सिटी डिभिजनको पाँचौ स्थानमा रहेका छन्।
विश्वका धेरै राम्रो टिमहरुलाई पछी पार्दै नेपालले पहिलो प्रयासमै यो स्थान प्राप्त गर्न सफल भएको हो।
प्रतिस्पर्धामा कोरियाले द्वितीय स्थान हासिल गरेका छन् भने फिलिपिन्सको टिम विजयी भएको छ।
दुवई मा भएको क्वालिफायर्स राउण्ड अघि नेपालले विभिन्न राउंड पार गरि त्यहाँसम्म पुगेका थिए।
वर्ल्ड अफ डान्स नेपालको पहिलो संस्करणका यी तिनै टिम विश्वस्तरमा भएको खुल्ला च्याम्पियनसिपमा देशलाई प्रतिनिधित्व गर्दै भाग लिएको यो पहिलो पटक हो, त्यसैकारण यो एक ऐतिहासिक क्षण हो – वर्ल्ड अफ डान्स नेपालका नेशनल डाइरेक्टर रोशन गहतराज बताउंछन्।
उनि कोरियोग्राफर रोहिया महर्जन र सृष्टि महर्जनका साथ तिन वटै टिमलाई लिएर दुवई पुगेका थिए।
नेपाली संस्कृति र नेपाली राष्ट्रिय झण्डाका साथ् अरु भन्दा भिन्न प्रस्तुति दिएका नेपालका लागि तिनै जना निर्णायक मण्डलले उठेर सम्मान गरेका थिए।
वर्ल्ड अफ़ डांस नेपालका क्रिएटिव डाइरेक्टर जेडी तमू भन्छन, “यो हाम्रो लागि एक नयाँ शुरुवात हो र पहिलो प्रयासमै यो स्तरको उपलब्धि देशकै निम्ति एक उदाहरण हो। अब हामी अर्को वर्ष अझ बलियो तयारीका साथ जानेछौं र नेपालका लागि बिजयी झण्डा फ़र्फ़राउनेछौं।”
पहिलो प्रयासमै उत्कृष्ठ पांचमा पर्न सफल भएसंगै यसै शोका आयोजक टिमले एकदमै धेरै प्रशंशाका साथ् भविष्यमा नेपाली टिमसँग सहकार्य गर्ने समेत प्रतिबद्धता व्यक्त गरेका छन्। निर्देशक रोशन गहतराज भन्छन।