
काठमाडौं : नेपाल बैंक लिमिटेड र सौन्दर्य तथा छाला उपचार सेवामा विशेषज्ञता हासिल गरेको संस्था ‘लेट मि इन प्रालि’ बीच उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ।
सम्झौतापछि बैंकका कर्मचारीहरू तथा बैंकमा खाता रहेका ग्राहकहरूले लेट मि इन प्रालि मार्फत प्रदान गरिने विभिन्न सौन्दर्य सेवाहरूमा आकर्षक छुट पाउने भएका छन्।
काठमाडौंको नयाँ बानेश्वरस्थित ‘लेट मि इन प्रालि’ ले कोरियन प्रविधिमा आधारित अत्याधुनिक एस्थेटिक्स सेवा प्रदान गर्दै आएको छ। अबदेखि बैंकमा कार्यरत कर्मचारी तथा बैंकमा खाता भएका ग्राहकहरूले उक्त क्लिनिकमा उपचार गराउँदा ८ देखि १५ प्रतिशतसम्म विशेष छुट प्राप्त गर्न सक्नेछन्।
बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत श्री प्रकाश कुमार अधिकारी र ‘लेट मि इन प्रालि’का प्रबन्ध निर्देशक श्री डोङ्ग सु माबीच सम्झौतामा हस्ताक्षर भएको हो।