काठमाडौं । नेपाल बैंकले सहज र सस्तो ब्याजदरमा घर कर्जा उपलब्ध गराउने भएको छ।
सरकारी स्वामित्वको बैंकले ९.९५ प्रतिशत ब्याजदरमै घरकर्जा दिने भएको हो ।
बैंकले सुलभ आवास कर्जा योजना ल्याएको हो।
बैंकले घर निर्माण तथा खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै ‘अब बन्छ मेरो सपनाको घर’ भन्ने नाराका साथ उक्त योजना अघि सारेको छ। यो योजना मार्फत घर निर्माण तथा खरिदका लागि एकल वा सिंगल डिजिटको ब्याजदरमै कर्जा प्राप्त गर्न सकिनेछ ।
ग्राहकले एकल वा सिंगल डिजिटको ब्याजदरमै कर्जा र पाँच वर्षसम्म एउटै ब्याजदरमा कर्जा पाउने छन् ।
बैंकले ९.९५ प्रतिशतमै घर निर्माण लागतको शतप्रतिशतसम्म कर्जा उपलब्ध गराउने जनाएको छ ।
ब्याजदर भने पाँच वर्षसम्म स्थिर रहनेछ । उक्त योजना अन्तर्गत घर निर्माण तथा खरिद गर्ने ग्राहकले पाँच वर्षसम्म एउटै ब्याजदरमा कर्जा पाउने छन् ।
बैंकका अनुसार आवश्यक कागजपत्र पूरा गरी पेस गरेको ५ कार्यदिन भित्र ग्राहकले ऋण पाउने बैंकले जनाएको छ ।
ग्राहकले नजिकैको शाखा कार्यालयमा गई उक्त मौकाको फाइदा उठाउन सक्नेछन् ।