१० हजार बिरुवा पाथिभराको जंगल क्षेत्रमा रोपिएको


काठमाडौँ, लिम्बु समुदायको पवित्र तीर्थस्थल मुक्कुम्लुङ (पाथिभरा) मा निर्माणाधीन केवलकार परियोजनाको विरोधमा स्थानियहरूले जंगलै कब्जा गर्दै वृक्षारोपण गरेका छन्।

मुक्कुम्लुङ संघर्ष समितिको अगुवाइमा ’नो केवलकार’ अभियान अन्तर्गत स्थानियहरुले दुई दिन वृक्षारोपण गरेका हुन् ।

१० हजार बिरुवा पाथिभराको जंगल क्षेत्रमा रोपिएको

केवलकार निर्माणको नाममा हजारौं बोट विरुवा काट्ने र नाफामुखी कम्पनीको विरुद्धमा स्थानियले विरोध स्वरुप वृक्षारोपण गरेको हुन्।

करिब १० हजार बिरुवा पाथिभराको जंगल क्षेत्रमा रोपिएको जनाइएको छ । गुराँस, चिमाल, लौठ सल्ला, गोब्रे सल्ला लगायतका जातका बिरुवाहरू रोपिएको हो ।

निर्माण कम्पनी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको हो । जसले पहाड चिरेर केवलकारको ट्र्याक बनाउँदै हजारौं रुख काटेको स्थानियको आरोप छ । यसअघि पनि बिना कुनै समुचित वातावरणीय अध्ययन र स्थानीय परामर्श केवलकार परियोजना अघि बढाइएको भन्दै तीव्र विरोध भइरहेको थियो ।

केवलकार परियोजना लिम्बु समुदायको धार्मिक आस्था, सांस्कृतिक पहिचान र पर्यावरणीय सन्तुलनमाथि हमला रहेको मुक्कुम्लुङ संघर्ष समितिको भनाइरहेको छ ।

वातावरणीय रूपमा पनि केवलकारले ठूला नोक्सान गर्ने खतरा रहेको स्थानिय बताउँछन् । १०० रोपनीभन्दा बढी वनक्षेत्र विनाश भएको र त्यसबाट भू–स्खलन, बाढीपहिरोको जोखिम बढेको तथ्यांक स्थानीयले प्रस्तुत गरेका छन ।