
भारी देखि धेरै भारी वर्षाको सम्भावना,
जल तथा मौसम विज्ञान विभागद्वारा जारी विशेष बुलेटिनअनुसार ‘भोलि असार १४ गते शनिबार साँझदेखि असार १६ सोमबार बिहानसम्म कर्णाली प्रदेशको पहाडी भू-भाग, सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराईका भू-भागका थोरै स्थानहरुमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।
साथै अन्य प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा समेत भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।‘
तसर्थ, सम्भावित भारीदेखि धेरै भारी वर्षाको कारण भू-क्षय, बाढी, पहिरो तथा गेग्य्रान बहाव (debris flow) को जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न अनुरोध छ ।
#Nepal Weather Forecast#