
काठमाडौं । यस वर्षको असारमा १३ गतेसम्ममा छ प्रदेशमा १५.६ प्रतिशत क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ।
कृषि विभागले पत्रकार सम्मेलन गरी शुक्रबारसम्ममा दुई लाख १७ हजार २८९ हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ।
नेपालमा तेह्र लाख ९१ हजार ३२१ हेक्टर क्षेत्रफलमा धानबाली हुने गर्दछ।
गतवर्ष यो अबधिमा १७.२ प्रतिशत रोपाई सम्पन्न भएको थियो ।
सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ४५.५ प्रतिशत क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ ।
मधेश प्रदेशको रोपाईँबारे विवरण नै प्राप्त नभएको कृषि विभागले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।