नेप्से परिसूचक १.९८ अंकले वृद्धि


काठमाडौँ । शेयर बजारमा आज सामान्य अंकको वृद्धि भएर सुधार आएको छ ।

आज नेप्से परिसूचक १.९८ अंकले वृद्धि भएर २६०१.८४ को बिन्दु कायम भएको हो ।

आज कारोबार भएका ३१६ वटा कम्पनीहरूको एक करोड ३८ लाख १८ हजार कित्ता शेयर खरिद/बिक्री भएर पाँच अर्ब ७६ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ ।

आज बैंकिङ्ग, इन्भेष्टमेन्ट, माइक्रोफाइनान्स लगायतका इन्डेक्सहरुमा हरियाली छाएको छ।

यसदिन कारोबार भएका १०७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४२ वटाको शेयर मूल्य घटेको छ।