
काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजदेखि १० रुपैयाँ दरका थप १० लाख थान नयाँ नोट चलनचल्तीमा ल्याएको छ ।
साबिककै आकार तथा रंगमा नोट चलनचल्तीमा ल्याएको राष्ट्र बैंकले जनाएको छ।
नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ ।
निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको नोटको तल्लो भागको किनारामा विसं २०८१ लेखिएको छ ।