Feb 24, 2025

उपराष्ट्रपति पुनद्धारा चौका प्रहार


ईकोनोमिक खबर, काठमाडौं।
मनमोहन स्मृति क्रिकेट केन्द्रद्धारा आजदेखि शुरु अण्डर १६ अन्तर प्रदेशिय क्रिकेट खेलको उद्घाटन कार्यक्रममा क्रिकेटको ब्याटिङ्गद्धारा उपराष्ट्रपति नन्द किशोर पुनबाट शुभारम्भ गरीयो। बलिङ्गमा नेकपाका घनश्याम भुषाल र फिल्डिगंमा जिवनराम श्रेष्ठ, कृष्ण गोपाल श्रेष्ठ, राम कुमारी झाँक्री लगायत नेताहरुको सहभागी थियोे।
कीर्तिपुरस्थित त्रिभुवन विश्विद्यालयको क्रिकेट मैदानमा हुने प्रतियोगितामा ७ वटै प्रदेशको सहभागिता रहनेछ। जसअनुसार समूह ‘ए’ मा प्रदेश ७, गण्डकी प्रदेश, प्रदेश ३ र कर्णाली प्रदेश गरी ४ टोली छनभने समूह ‘बी’ मा प्रदेश १, प्रदेश २ र प्रदेश ५ रहेका छन्। २४ गतेसम्म चल्ने प्रतियोगिताका सबै खेल ३० ओभरका हुनेछन्।। प्रतियोगितामा ह्वाइट ड्रेस र रातो बलको प्रयोग गरिने मनमोहन मेमोरियल क्रिकेट सेन्टरका अध्यक्ष ठाकुर गैरेले बताए।
बैशाख १८ देखि २४ सम्म संचालनहुने यस खेलमा ७ प्रदेशका १६ बर्षमुनिका खेलाडिहरु विच खेल हुनेछ। प्रतियोगिताको उद्धघाटन खेलमा प्रदेश नं ४ (गण्डकी प्रदेश) र प्रदेश ३ विच खेल खेल्नेछ। प्रत्येक समूहको शीर्ष २ टोली सेमिफाइल प्रवेश गर्नेछन्। प्रतियोगिताको विजेताले २ लाख ५० हजार नगद र खेलकुद सामग्री गरी कुल ५ लाखबराबरको पुरस्कार हात पार्नेछ भने उपविजेताले नगद १ लाख ५० हजार र १ लाख ५० हजार बराबरकै खेलकुद सामग्री हात पार्नेछ।