आज भन्दा ५८ वर्ष अघि आजकै दिन विस. २०२२ साल माघ १० गते सरकारको पूर्ण स्वमित्वमा स्थापना भएको यस बैंकले अनगिन्ति उतार चढावहरु पार गर्दै आजको दिन सम्म आईपुगेको छ । देशकै अग्रणी बैकहरु मध्येको एक बैंकको रुपमा छवि बनाएको यस बैंकले नेपालका नागरिकहरुलाई बैंकिङ्ग बानी सिकाउने देखि लिएर देशको अर्थतन्त्र उकास्ने सम्मको योगदानहरु पुर्याउँदै आएको छ ।
५९ औं बार्षिकोत्सवमा बानेश्वर शाखा २८६ शाखा मध्ये उत्कृष्ट शाखाको रुपमा लगातार ३ वर्ष देखि सम्मान पाउन सफल शाखाको रुपमा रहेको छ। आज माघ ११ गते यस शाखाले बानेश्वरमा बृहत कार्यक्रममा गायीका जुनु रिजाल(काफ्ले) लगायत ग्राहकलाई सम्मान गर्यो। यस कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठको उपस्थिति रहेको थियो ।
बानेश्वर शाखाले आयोजना गरेको यस सम्मान कार्यक्रममा बैंकको बागमति प्रदेश प्रमुख ध्रुव प्रसाद अर्याल, बैंकको साना कर्जा विभाग प्रमुख सोनी श्रेष्ठ, बैंकिंग उपभोक्ता प्रमुख राज्यलक्ष्मी खड्की, कृषि तथा सामाजिक बैंकिग प्रमुख ॠषभ भट्टराई, बानेश्वर शाखा प्रमुख ईश्वरी न्यौपाने लगायतका शाखाका सम्पूर्ण कर्मचारीको उपस्थिति रहेको थियो ।
यस शाखाका ग्राहक तथा प्रमुख विशिष्ट ब्यक्तिहरुमा राष्ट्यि विमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुबास कोईराला, स्वरोजगार लघुवित्त वित्तिय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनोज कृष्ण उप्रेती, बानेश्वर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका प्रमुख विद्रोहि दाहाल, नेपाल खानेपानी सँस्थान लिमिटेडका लेखा प्रमुख रामप्रसाद श्रेष्ठ, न्यादी हाईड्रो पावरका प्रमुख भोगेन्द्र गरागाई, चर्चित गायक रामचन्द्र काफ्ले, गायीका जुनु रिजाल( काफ्ले) लगायत विशिष्ट ब्यक्तिहरुको उपस्थितिका विच सम्मान कार्यक्रम सम्पन्न भयो।
यस कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृतले सारगभित बक्तब्य ब्यक्त गर्नुभयो । यस बैंकको स्थापनाको उद्देश्यहरूमा बैंकिङ क्षेत्रमा कारोबार विस्तार गरी राष्ट्रिय अर्थतन्त्रलाई उकास्ने, वित्तीय सेवा(सुविधा उपलब्ध गराउने, देशको वित्तीय स्रोत परिचालन गर्ने, राजस्व संकलन र व्यापार तथा वाणिज्यलाई सहजिकरण गरी आर्थिक वृद्धि एवम् विकासमा टेवा पुर्याउने हो । यी उद्देश्यहरु बैंकले हरेक पाइलामा पुरा गर्दै आएको छ। झण्डै ६ दशकको इतिहासमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले विभिन्न खाले चुनौतीको सामना गर्दै आएको छ।
कुनै वेला अस्तित्वकै संकटको अवस्थामा समेत पुगेको कुरा हाम्रासामु विदितै छ। नेपाल सरकार, विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को सहकार्यमा सुरुवात गरिएको वित्तीय सुधार कार्यक्रम पश्चात् क्रमिक रुपमा ती तनावपुर्ण समय पार गरी आजको अवस्थासम्म आइपुगेका छौ । यस अवस्था सम्म आउनुमा हाम्रा ईश्वरी न्यौपाने जस्ता कर्मठ कर्मचारीहरुको साथ सहयोगले मात्र सम्भव भएको हो । यसमा हाम्रो स्मार्ट ब्यवस्थापन, टेक्नोलोजि र युवा जनशत्तिको विशेष योगदानको कार्यले नै सभंव भएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बताउनु भयो।
बैंकले ‘क्लिन एण्ड स्मार्ट आरबीबी विथ कन्सोलिडेशन’को नारासहित संस्थाभित्रको संगठनात्मक संरचना, कर्मचारी आचरण, संस्थागत सुशासन, ग्राहक सेवा, सूचना प्रविधिको स्तरोउन्नति, पूँजीवृद्धि, भौतिक पूर्वाधार, बैंकको मार्केटिङ र रि-ब्रान्डिङ, खराब कर्जा व्यवस्थापन, नयाँ कर्मचारी भर्ना, उत्पादकत्व वृद्धि, कम्प्लायन्स तथा जोखिम व्यवस्थापन जस्ता पक्षहरूमा सुधारका कामहरू गरेको अवस्था छ ।
फलस्वरूप, बैंक आ.व. २०७४-७५, २०७५-७६, २०७६-७७ तथा २०७८-७९ मा सबैभन्दा बढी नाफा कमाउने वाणिज्य बैंक र २०७४-७५ मा सबैभन्दा बढी कर तिर्ने वाणिज्य बैंक बन्न सफल भयो। बैंकले सम्भवतः इतिहासमै पहिलो पटक आर्थिक वर्ष २०७५-७६ देखि सरकारलाई लाभांश दिन पनि सक्षम भएको छ र यस परिपाटीलाई पनि निरन्तरता दिन बैंक सफल भएको बताउनु भयो।
वित्तीय क्षेत्र सुधार कार्यक्रमको परिणाम स्वरुप बैंकमा सुदृढ सस्थागत सुशासन, सुदृढ बैंक सञ्चालन प्रणाली, खराब कर्जाको उचित व्यवस्थापन, रणनीतिक श्रोत व्यवस्थापन, कर्मचारीको उचित व्यवस्थापन तथा ग्राहक सेवाको लागि समर्पण भाव भएकै कारण बैंकले देशको बैंकिङ क्षेत्रलाई थप सबल बनाउँदै आजको उचाईसम्म पुग्न सफल भएको छ । उत्कृष्ट शाखाको रुपमा रहेको बानेश्वर शाखाका प्रमुख ईश्वरी न्यौपानेले बताउनु भयो।
यस अवसरमा गायीका जुनु रिजालले बाणिज्य बैंकको शरुवातबाट नै छनौट प्रकृयाको माध्यम उत्कृष्ट रहेको बताउनु भयो । ग्राहकको सन्तुष्टि नै सर्वोपरि राखि कार्यगर्ने सफल मेनेजरको ब्यवहारले नै हामी आनन्द हुने र बचतमा सबै कारोवार निरन्तरता राख्न सफल भएको बताउनु भयो।
गायीका रिजालले बाणिज्य बैंक निजि बैंक भन्दा हरेक क्षेत्रले राष्ट्रिय बाणिज्य बैंक नै राम्रो रहेको निरन्तर गरीने कारोबारले हामीलाई सजिलो बनाएको बताउनु भयो। निरन्तर ३ बर्षसम्म उत्कृष्ट शाखाको रुपमा रहेको बानेश्वर शाखाका प्रमुख ईश्वरी न्यौपाने लगायतका कर्मचारीहरुलाई धन्यवाद दिनुभयो ।
बैंकले पछिल्ला केही वर्षहरूमा विभिन्न सुधारात्मक कार्यहरू गरेको छ । बैंकले अधिकतम श्रोत परिचालन र व्यवसाय विस्तारमा जोड दिदै आईरहेको छ । बैंकको शाखा सञ्जाललाई विस्तार गरी देशका ७ वटै प्रदेश र ७७ वटै जिल्ला र जिल्ला सदरमुकाम सम्म पुन्याइएको छ ।