पाँचौं हिमालयन ट्राभल मार्ट सम्पन्न


हिमालयन ट्राभल मार्टको पाँचौं संस्करण सम्पन्न भएको छ ।

२०२५ जुन ३-५ सम्म द सोल्टी काठमाडौंमा आयोजित कार्यक्रमको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री बद्री प्रसाद पाण्डेद्वारा द सोल्टी काठमाडौंमा सम्पन्न भयो ।

प्रमुख वक्ताको रूपमा मन्त्रीले नेपाललाई “Gateway to the Himalayas” को रूपमा परिचित गराउँदै PATA नेपालको स्वर्ण जयन्ती र माउण्ट अन्नपूर्णाको पहिलो सफल आरोहणको ७५औं वार्षिकोत्सव जस्ता दुई ऐतिहासिक उपलव्धिहरूको चर्चा गरे।

साथै, दिगो, समावेशी, र लचिलो पर्यटन भविष्य निर्माणका लागि सरकारको प्रतिबद्धता र सार्वजनिक-निजी साझेदारी तथा विश्वव्यापी सहकार्यको आवश्यकता औंल्याए। उनले नेपाली कलाकारहरूको सांस्कृतिक प्रस्तुतिको प्रशंसा गर्दै, HTM लाई पर्यटन प्रवर्द्धन मात्र होइन, सांस्कृतिक संरक्षणप्रति प्रेरणा दिने मञ्चको रूपमा पनि सराहना गरे।

पाटा नेपाल च्याप्टरका अध्यक्ष खेम लाकाईंले सबै अतिथिहरूलाई स्वागत गर्दै नेपाललाई वर्षभर भ्रमणयोग्य गन्तव्यको रूपमा प्रवर्धन गर्न सकिने र सो स्थापित गर्नका लागि क्षेत्रीय सहकार्यको आवश्यकता औंल्याए।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले नेपालको दिगो पर्यटन दृष्टिकोण र अन्तर्राष्ट्रिय पर्यटकका लागि नयाँ परिपथ र विशेष अनुभव विकास गर्ने योजनाहरू प्रस्तुत गरे।

वरिष्ठ पर्यटन व्यवसायी तथा के जी एच ग्रुप अफ होटल्सका संस्थापक कर्ण शाक्यले “हिमाल, उपलव्धिहरू र गति” भन्ने मूल विषयमा आधारित प्रेरणादायक वक्तव्य दिँदै नेपालको पर्यटन विकास यात्राको गहिरो विश्लेषण प्रस्तुत गरे।

त्यसैगरी, पाटा  नेपालका निवर्तमान  अध्यक्ष श्री विभूति चन्द ठाकुरले धन्यवाद ज्ञापन गर्दै HTM 2025 सफल बनाउन साथ दिने सबै साझेदार र सहभागीहरूप्रति आभार व्यक्त गरे।

विश्व पर्यटन समुदायका ३० मुलुकहरुबाट १०० भन्दा बढी अन्तर्राष्ट्रिय सहभागीहरू र नेपाली पर्यटन क्षेत्रका प्रतिनिधिहरु तथा सरोकारवालाहरु सहित ७०० भन्दा बढी प्रतिनिधिहरू सहभागि हिमालयन ट्राभल मार्ट सम्पन्न भएको हो ।

“माउन्टेन, माइलस्टोन्स एण्ड मोमेण्टम” भन्ने मूल नाराका साथ पाटा नेपाल च्याप्टरको ५० औं वार्षिकोत्सवको बिशेष अवसर प्रतिबिम्बित गर्नुका साथै दिगो पर्यटन वृद्धिको लागि अन्तर्राष्ट्रिय पर्यटन सहकार्य, प्रवर्द्धन, र दिगो पर्यटन वृद्धिका लागि नयाँ मापदण्डहरू समेत स्थापित गरेको छ।

यही जुन ३ देखि ५ सम्म द सोल्टी काठमाडौंमा आयोजित हिमालयन ट्राभल मार्टले अन्तर्राष्ट्रिय क्रेताहरु, बिक्रेताहरू, संचारकर्मी, पर्यटन व्यवसायी, नीतिनिर्माता र सरोकारवालाहरूको भव्य जमघट सहित उत्साहजनक सहभागिताले HTM लाई हिमाली क्षेत्रकै प्रमुख ट्राभल ट्रेड प्लेटफर्मको रूपमा पुनः पहिचान गराएको छ र नेपाललाई “Gateway to the Himalayas” को रूपमा सथापिता गर्ने अभिभारालाई अझ सशक्त बनाएको छ ।

पाटा नेपाल च्याप्टरद्वारा नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम तथा विभिन्न सार्वजनिक तथा निजी क्षेत्रका साझेदारहरूको सहकार्य र सहयोगमा आयोजित हिमालयन ट्राभल मार्टले व्यवसायिक अन्तरक्रिया, ज्ञान आदानप्रदान सत्र, नेटवर्किङ, गन्तव्य अवलोकन भ्रमण, र सांस्कृतिक कार्यक्रमहरूको समृद्ध संयोजन प्रस्तुत गर्‍यो ।