
सान्भी इनर्जी लिमिटेडले निष्काशन गरेको आईपीओ आज सोमबार बाँडफाँड हुँदैछ।
बिक्री प्रवन्धक एसबीआई मर्चेन्ट बैंकिङले आज जेठ २६ गते सोमबार दिउँसो ३ बजे शेयर बाँडफाँड गर्ने तयारी गरेको हो।
१०.७१ गुणा बढीको आवेदन
कम्पनीको आईपीओमा माग गरिएको भन्दा १०.७१ गुणा बढीको आवेदन परेको छ।
कम्पनीले सर्वसाधारणको लागि २४ लाख १५ हजार ३ सय कित्ता सेयर निष्काशन गरेको थियो। माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट कम्पनीको आईपीओ बाँडफाँड हुने छ।
जसमा २ लाख ४१ हजार ५ सय ३० जनाले मात्र १० कित्ताको दरले शेयर पाउने छन्।
कम्पनीले इलामको सूर्योदय नगरपालिकास्थित जोगमई खोलामा ७.६ मेगावाटको आयोजना निर्माण सम्पन्न गरि सञ्चालन गरिरहेको छ । १ अर्ब ५७ करोड २९ लाख रुपैयाँ लागतमा तयार भएको आयोजनाको प्रतिमेगावाट लागत २० करोड ६९ लाख रुपैयाँ छ।
साथै कम्पनीले ५.२ मेगावाटको जोगमइ क्यासकेड जलविद्युत् आयोजना बनाउँदैछ। यो आयोजनाको लागत प्रतिमेगावाट १९ करोड ४० लाख रुपैयाँ छ।