
काठमाडौँ। नेपालले स्कटल्यान्डमा आइसिसी विश्वकप लिग–२ मा लगातार दोस्रो जित निकालेको छ।
डुन्डीमा बुधबार राति भएको खेलमा नेपालले नेदररल्यान्डमाथि पाँच विकेटको सानदार जित निकालेको हो । जितका लागि दुई सय २६ रनको लक्ष्य पछ्याएको नेपालले ४७.१ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।
यसअघि नेपालले सिरिजको पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डलाई एक रनले हराएको थियो । नेपालको जितका आरिफ शेखले अर्धसतकीय इनिङ्स खेल्नुभयो । उहाँले ९९ बलमा सात चौका र दुई छक्काको सहयोगमा ७८ रन बनाउनुभयो । आरिफ प्लेयर अफ दि म्याच हुनुभयो ।
#खुसी मनाउँदै नेपालका खेलाडी, नेपालको लगातार दोस्रो जित#