सुन र चाँदी दुवैको मूल्यमा सामान्य वृद्धि


आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो।

शुक्रबार तोलाको १ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आइतबार बढेर १ लाख ८८ हजार ८ सय रुपैयाँमा पुगेको छ।

चाँदीको मूल्यमा पनि सानो वृद्धि देखिएको छ। शुक्रबार तोलामा १,९८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ५ रुपैयाँले बढेर १,९८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।