२० खर्बको बजेट ल्याउँदै सरकारः कर्मचारीको तलब बढ्ने, बृद्धाभत्ताको उमेर बढाउने


काठमाडौँ, भोली अर्थात बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रम संघीय संसदका दुबै सदनमा प्रस्तुत गर्दैछन् ।

जसअनुसार अर्थमन्त्री पौडेलले मंगलबार नै शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेललाई बजेटबारे विस्तृत ब्रिफिङ गरिसकेका छन् ।

अर्थमन्त्रीले उक्त ब्रिफिङमा २० खर्ब हाराहारीको बजेट प्रस्तुत गर्ने संकत गरेको पाइएको छ ।

राष्ट्रिय योजना आयोग उपाध्यक्षको संयोजकत्वमा हुने स्रोत समितिले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि १९ खर्ब रुपैयाँको सिलिङ दिएको थियो।

तर, दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको दबाबमा सिलिङभन्दा माथि गएर बजेट ल्याउने तयारीमा अर्थमन्त्री रहेको पाइएको छ।

मंगलबार अर्थमन्त्री पौडेलले संसदमा आर्थिक सर्वेक्षण पेश गर्ने कार्यक्रम विपक्षी सांसदहरूका कारण अवरुद्ध भयो । मंगलबारजस्तै बुधबारको बैठक पनि कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भयो।

त्यसलाई बुधवारको बैठकमा पेश गर्ने कार्यसूची तयार पारिएको थियो।

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद बैठक सुचारु गर्न नदिने विपक्षी दलको अडानका कारण बिहीबार दिउँसो साढे १ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ।