
काठमाडौँ, १२ जेठ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डले नेपाल एयरलाइन्स, लगायत अन्य प्रमुख पर्यटन संघहरू र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका साझेदार संस्थाहरूसँगको सहकार्यमा, नेपालको प्रमुख अन्तर्राष्ट्रिय पर्यटन मार्ट हिमालयन ट्राभल मार्ट (एचटीएम)’ को पाँचौं संस्करण आगामी यही जुन ३ देखि ५. २०२५ सम्म द सोल्टी काठमाडौँमा आयोजना गर्न सम्पूर्ण तयारी सम्पन्न गरेको जानकारी गराउँदछौं ।
अन्तर्राष्ट्रिय स्रोत बजारहरुमा सशक्त सम्बन्ध सञ्जाल स्थापित गराई नेपालको पर्यटन प्रवद्धनमा निरन्तर उल्लेखनीय भूमिका निर्बाह गर्दै आएको संस्था पाटा नेपाल च्याप्टरको ५० वर्षको ऐतिहासिक अवसर र अन्नपूर्ण हिमाल आरोहणको ७५ औं वर्ष पूरा भएको विशेष अवसरमा उद्घाटन ह’ने हिमालयन ट्राभल मार्टको पाँचो संस्करणको विशेष महत्व छ ।
सन् २०१७ मा सुरु भई वार्षिक रुपमा हरेक जुन महिनामा काठमाडौँमा आयोजना हुने एचटीएम नेपालको प्रमुख अन्तर्राष्ट्रिय पर्यटन व्यापार मेला हो, जसले विश्वव्यापी पर्यटन र आतिथ्य संस्थाहरू, पेशेवरहरू र उद्योगका विविध क्षेत्रहरूमा संलग्न व्यक्तिहरू बीच अनुपम नेटवर्किङ, व्यावसायिक अवसरहरू र मूल्यवान उद्योग अन्तर्दृष्टिलाई बढ़ावा प्रदान गर्दछ ।
पाँचौं संस्करणको एचटीएम-२०२५ ले विश्वव्यापी क्रेताहरु, विविध विक्रेताहरू, ट्राभल ब्लगरहरू, विज्ञ वक्ताहरु, राष्ट्रिय र अन्तर्राष्ट्रिय मिडिया, ट्राभल प्रोफेसनल र विश्वभरका प्रतिनिधिहरूको उल्लेखनीय भेला गराउनेछ ।
यस वर्ष हामीले एचटीएममा १०० भन्दा बढी अन्तर्राष्ट्रिय पाहुनाहरू सहित नेपालको सार्वजनिक तथा निजी क्षेत्रमा आवद्ध पर्यटनकर्मी तथा सरोकारवालाहरु गरी ३० भन्दा बढी मुलुकहरुबाट करिब ७०० भन्दा बढी प्रतिनिधिहरूले सहभागिता जनाउने अपेक्षा गरेको छ ।
नेपाललाई विश्वसामु “नेपालः हिमालयको प्रवेशद्वार”, साहसिक, सदावहार र सवल केन्द्रको रुपमा स्थापित गर्ने दृष्टिकोण र उद्देश्यका साथ यस मार्टले पर्यटन व्यवसाय प्रवद्धन, सामसामयिक संवाद र प्रगतिशील सम्बन्ध तथा साझेदारी विस्तारमा उल्लेख्य योगदान पुर्याउदै आएको छ ।
यसवर्ष मार्टलाई ज्ञानमूलक सम्वाद र सम्मेलन गन्तव्य प्रवद्धन र क्रेता विक्रेताहरुबीच फलदायी व्यापार आदनप्रदान र सम्बन्ध विस्तारलाई थप प्रभावकारी बनाउने पक्षमा केन्द्रीत गरेको छ।
एचटीएम-२०२५ कार्यक्रमका मुख्य आकर्षणहरूः
१) परिचयात्मक भ्रमणहरू (मे २९ – जुन २, २०२५) सम्मः
मार्टमा आमन्तित्र अन्तर्राष्ट्रिय क्रेताहरु, ब्लगरहरू तथा मिडिया र प्रतिनिधिहरूलाई परिचयात्मक भ्रमणका लागि ‘नेपालको गोल्डेन ट्रयाङ्गल’ र ‘काठमान्डु सराउन्डीङ्ग गरी दुइ वटा कार्यक्रम प्रदान गरिएको छ ।
काठमाडौं-चितवन- पोखरा
काठमाडौं उपत्यका र वरपरः पनौती, धुलिखेल, नगरकोट, र काठमाडौँका सांस्कृतिक स्थलहरू प्रस्तुत गरिनेछ ।
यी भ्रमणहरूले नेपालको विविध पर्यटकीय उपजहरुको प्रत्यक्ष अनुभव प्रदान गर्नेछ र अन्तर्राष्ट्रिय प्रतिनिधिहरूलाई देशको अनुभवात्मक पर्यटन सम्भावनालाई राम्रोसँग बुझ मद्दत गर्ने विश्वास लिएका छ ।