लगातार चौथो दिन घट्यो नेप्से,


काठमाडौं । शेयर बजार निरन्तर घटिरहेको छ । लगातार चौथो दिन बजार ओरालो झरेको हो । 

यसैक्रममा आज बजार १८।०६ अंकले घटेको हो । ०।९६ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८५८।५३ अंकमा झरेको छ । 
आज २८९ कम्पनीका ४५ लाख ९५ हजार ५ सय ५३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३२ करोड ३५ लाख १९ हजार ३ सय ५७।२१ रुपियाँ बराबरको कारोबार भएको हो । 

समग्रमा बजार घटे पनि रु रु जलविद्युतका लगानीकर्ताहरुले सबैभन्दा बढी ५।६३ प्रतिशतले नाफा कमाएका छन् । 

त्यस्तै विभिन्न तीन कम्पनीमा नेगेटिभ सर्किट लागेको छ । आज विजय लघुवित्त, माउन्टेन इनर्जी र यूनाइटेड इदी मर्दी हाइड्रोका लगानीकर्ताहरुले १०–१० प्रतिशतले घाटा व्यहोरेका हुन् । आज कम्पनीबाहेक अरु सबैको शेयर मूल्य घटेको छ । 

साताको पहिलो दिन आइतबार नेप्से ४७।७५ अंकले उचालिंदा २ अर्ब १ करोड १७ लाख ६३ हजार ३ सय ५८।५२ रुपियाँ, सोमबार ११।२७ अंकले बजार तल झर्दा १ अर्ब ७५ करोड ४७ लाख ५० हजार ७ सय ५५्।८२ रुपियाँ, मंंगलबार २।१७ अंकले बजार घट्दा १ अर्ब २८ करोड २ लाख २८ हजार ९ सय ७१।८६ रुपियाँ र हिजो बुधबार १७।९३ अंकले बजार ओरालो झर्दा  १ अर्ब १ करोड ४१ लाख ९५ हजार ३ सय ७५।०१ रुपियाँ बराबरको कारोबार भएको थियो ।