
काठमाडौं। वैदेशिक रोजगारीमा जानेहरुको संख्या दैनिक जसो बढीरहेको छ।
वार्षिक करिब ८ लाख युवाहरु औपचारिक रुपमै श्रम स्वीकृति लिएर बाहिरिरहेकोमा अनौपचारिक च्यानलबाट जानेहरुको संख्या पनि उस्तै छ।
आर्थिक वर्ष २०८०/८१ मा श्रम स्वीकृति
श्रम तथा रोजगार विभागका अनुसार पछिल्लो आर्थिक वर्ष २०८०/८१ मा मात्र ७ लाख ४१ हजार २९७ जना नेपाली युवाले विभागबाट श्रम स्वीकृति लिएर विश्वका विभिन्न श्रम बजारमा गएका छन् ।
यसै आर्थिक वर्षको चैत मसान्तसम्म पनि नयाँ र पुनः श्रम स्वीकृति लिएर विदेश जानेहरुको यस्तो संख्या ६ लाख ७ हजार ८७४ जना पुगिसकेको तथ्यांकले देखाउँछ।
यो भनेको मासिक औसत ६७ हजार ५५ जनाको वैदेशिक यात्रा हो । यसैलाई दैनिक तथ्यांकमा हेर्ने हो भने दैनिक दुई हजार २५० जना नियमित बाहिरिरहेका छन्।
यस बाहेक शैक्षिक यात्राका नाममा विदेशीनेहरुको संख्या पनि उल्लेखनियनै रहेको छ । सबै गरी हाल ५० देखि ६० लाख नेपालीहरु विदेशमा रहेको तथ्यांकहरुले देखाएको छ । यसैले उनीहरुले पठाउँने रेमिट्यान्सले नै देशको अर्थतन्त्र धानेको छ भन्दा अतियुक्ती नहोला ।
विदेशीने नेपालीहरुको संख्यामा वृद्धि भएसँगै यता विप्रेषण आप्रवाह (रेमिट्यास) आय पनि बढीरहेकैछ । वार्षिक करिब साढे १४ खर्ब रुपियाँ हाराहारी रेमिट्यान्स नेपाल भित्रिरहेको छ । तर, अनौपचारिक च्यानल खासगरी हुण्डीबाट यस्तो पैसा आइरहेकाले अझ यस्तो परिमाण कम देखिएको हो ।
यस्तो पैसालाई औपचारिक च्यानल (बैंकहरुमार्फत)नै भित्र्याउने र बचत गराउने उद्देश्यसहित नेपाल राष्ट्र बैंकले श्रमिकहरुलाई आकर्षण गर्ने गरी रेमिट्यान्स खातामा थप एक प्रतिशत ब्याज प्रदान गर्ने नीति लिएको छ ।
अर्थात् अरु बचत खातामा भन्दा श्रमिकहरुले पैसा पठाउने र जम्मा गर्ने रेमिट्यान्स बैंक खातामा १ प्रतिशत बढी ब्याज पाउँछन् । यो सबै बैंक तथा वित्तीय संस्थाहरुमा लागू गरिएको छ ।
तथापि, नबिल बैंकले भने यस्तो रेमिट्यान्स खातामा आकर्षक ब्याजका साथसाथै अतिरिक्त सेवा तथा सुविधा समेत प्रदान गरिरहेको छ।
बीमा सुविधा
बैंकले सेवाग्राही अर्थात रेमिट्यान्स खातावाला श्रमिकका लागि तीन लाख रुपियाँसम्मको निःशुल्क स्वास्थ्य बीमा समेत गरिदिएको छ । प्राणघातक विभिन्न १३ वटा गम्भीर रोगका लागि र भवितवीका लागि यस्तो बीमाले सुरक्षण गर्नेछ ।
खासगरी क्यान्सर जस्तो प्राण घातक रोग लागेमा, हृदय घात, मृगौलाको समस्या, पक्षघात, मुटुको भल्बको सर्जरी, निमोनिया लगायत अन्य गम्भीर प्रकृतिका रोगहरुको उपचारमा ग्राहकले यस्तो बीमा सुविधा पाउनेछन् । यदि हितग्राहीको मृत्यु भएमा भने स्वतः ७५ हजार रुपियाँ बराबरको बीमा भूक्तानी पाउने बैंकले जनाएको छ । यसका लागि सेवाग्राही (रेमिट्यान्स खाता) मा कम्तीमा एक लाख रुपियाँ बचत हुनुपर्नेछ ।
अन्य सुविधाहरु
यसका अतिरिक्त बैंकले रेमिट्यान्स खातामा खातावालालाई अन्य अतिरिक्त सुविधाहरु पनि प्रदान गरेको छ । जस्तो, निःशुल्क डेबीट/क्रेडिट कार्ड, निःशुल्क मोबाईल तथा इन्टरनेट बैंकिङ सुविधा बैंकले प्रदान गरेको छ। तर, यस्तो सुविधा पहिलो एक वर्षका लागि हुनेछ।
साथै बैंकले अन्य खातामा पैसा पठाउँदा वा झिक्दा यस्तो खातामा लाग्ने सेवा सुविधाबापत लाग्ने शुल्कमा ५० प्रतिशत छुट समेत प्रदान गर्ने जनाएको छ। सेवाग्राहीले बैंकमा ५० प्रतिशत छुटमा लक्कर सुविधा समेत उपभोग गर्न पाउनेछन्।
साथै नेपाल धितोपत्र बोर्ड, पुँजीबजार ऐनले व्यवस्था गरेको सुविधा अन्तर्गत वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुले नबिल बैंकको खाता प्रयोग गरी कूल निष्काशनको १० प्रतिशत अनिवार्य आईपीओ कोटामा समेत सहभागिता जनाउन सक्नेछन्। यसका लागि सेवाग्राहीले नियम अनुसार न्यूनतम ५० हजार रुपियाँ बचत गरेको हुनुपर्नेछ।