पानी पार्ने प्रणाली उत्तर तीर सरिरहेको हुनाले आवश्यक सतर्कता अपनाउनु होला


हाल गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहितको हल्का देखि मध्यम पानी परिरहेको छ ।

पछिल्लो तीन घण्टालाई हेर्ने हो भने ती प्रदेशका एक-दुई स्थानमा भारी पानी समेत परेको देखिन्छ । पानी पार्ने प्रणाली उत्तर तीर सरिरहेको हुनाले आवश्यक सतर्कता अपनाउनु होला ।

पछिल्लो ३ घण्टामा भएको वर्षा (मि.मि.) र भू -उपग्रहबाट लिईएको बादलको तस्बिर तल चित्रमा देख्न सक्नुहुन्छ ।

#National Disaster Risk Reduction & Management Authority#