महासंघको आह्वानमा सबै पालिकामा बुझाए ज्ञापनपत्र


महासंघको आह्वानमा आज सबै पालिकामा ज्ञापन पत्र बुझाए।

७ ओटा प्रदेशका ७५३ ओटै पालिकाबाट एकै साथ कृषक समुहहरुमा लागाउदै आइरहेको आयकरको विरोधमा पालिका मार्फत संघीय अर्थमन्त्री बिष्णु पौडेल समक्ष ज्ञापपत्र बुझाए।

२०८२ जेठ ७ गते” एकै दिन एकै समय” देशैभरी कृषक समुहहरु माथी लगाइएको बाध्यकारी अडिट र आयकरको ब्यबस्था तत्कालै हटाई तिनै तहको सरकारबाट दिइदै आइरहेको सेवा सुविधा सहज रुपले लिन सक्ने वातावरण बनाई दिन ७५३ वटै पालिकाहरुबाट ज्ञापनपत्र बुझाउने महाअभियान महासंघको  कृषक अन्तर्गत टोखा नगरपालिकामा पनि बुझाए।

हाम्रो नेपाली कृषि संस्कार:

समुहहरुले सबै किसानलाई कमसेकम आत्मनिर्भर बनाएर राज्यलाई भार पर्न त दिएको छैन। यस्ले व्यापार घाटालाइ कम गरेको छ आफुलाई पुग्ने खाध्यान्न आफै उत्पादन गर्ने गरिएको छ । प्रत्येक समुहका सदस्यहरुको घर परिवार मिलेर एकले अर्कोलाई सहयोग गर्ने , सिक्ने र सिकाउने गरिरहेको हुन्छ । यस्ले आफ्नो छोराछोरी भाइबुहारी नातिनातिनि सबैले हजुरबुबा देखि नातीसम्म्को दु:ख देखिरहेको हुन्छ र तिनीहरुले एकापसमा सकेको सहयोग गर्दै आइरहेको हुन्छ । जस्ले घर परिवरको मायाममता स्नेह बढ्नुका साथै दुखसुख एक आपसमा बाढिरहेको हुन्छ । छोराछोरी हुर्के बढेपछि उनिहरुलाई माटोको माया गर्न जानेको हुन्छ। गाईवस्तु र हाँस कुखुराको माया देखि परिवारमा सबैले सबैलाई माया ममता गर्न जानेको हुन्छ।

कृषिले आत्मनिर्भर हुन सिकाएको छ। आफू मात्र आत्मनिर्भर होइन देशलाई पनि । आत्मनिर्भर गराएको छ। आफुले खाएर रहेको चिजवस्तु बजारमा लगेर बेचेको छ। तपाईंहरु सोच्नु होला पैसा भएपछि सबथोक भैहाल्छ नि त्यो होइन बजारमा भए पो सामान किन्न पाइन्छ बजार मै पाइएन भने जतिसुकै डलरको बिट्टा भएपनि खान पाइदैन त्यस्को ज्वलन्त उदाहरण २०७२ सालको महाविपत्तिको बेलामा एकातिर भारतले भुकम्प पीडितहरुलाई राहत बाडेको छ भनेर देखाउने अर्कोतिर अघोषित नाकाबन्दी गरेर खाध्यान्न देखि कुनैपनि सामान नेपाल पठाएन ।

कोरोनाको बेलामा सबै जना शहरमा पैसा भएर पनि खानेकुरा पाउन छाडेपछी गाउँ गएर खनी खोश्री गरेर उत्पादन गरेर खान थाले अब भन्नुस के त्यातिखेर तपाइले तपाइको जग्गा जमिन अरुलाई भाडामा लगाएर जानू भएको भए तपाइको हालत के हुन्थ्यो होला कल्पना गर्नुस त, त्यो जग्गा भाडामा बसेको सङ मागेर खानुपर्ने अवस्थामा हुनुहुन्थ्यो। हो यस्ले के सिकायो भने आफू आत्मनिर्भर भयौ भने कसै सङ हात थापे मागेर खानु पर्दैन । त्यतिखेर नेपाल आत्मनिर्भर नभएको भए भारतले जे भ्न्यो त्यो नेपालले मान्नुपर्थ्यो । उस्को सामु झुक्नुपर्थ्यो । हामी झुकेनौ देश झुकेन। यहि नै हो हाम्रो सामुहिक अथवा समूह खेतिको विशेषता। त्यसैले त यो हाम्रो नेपाली कृषि संस्कार हो।

अहिले यो संस्कार टुटेको छ:

अहिले यो संस्कार टुटेको छ । यहि कुरा सिक्न विदेशिनु परिरहेकोछ। पश्चिमी देशहरुमा यहि संस्कार र संस्कृति नहुनाले बाबूआमा वृद्धवृद्धा हुदा वृद्धाश्रमा राख्ने चलन बढेको छ। माया ममता टुटेको छ। नेपालमा पनि आज यो संस्कार शुरु भैसकेको छ।

कृषिलाई अझ टेवा दिई उत्पानमा वृद्धि ल्याउने यो समुहको उद्देश्य पनि हो। त्यसैले खाली समुहलाई कर किन नलिने भनेर हचुवाको भरमा बोल्ने र समूह माथी कर नतिरे सरकारी सेवासुबिधा लिन प्रतिबन्ध, बन्देज लगाउने काम कुरा मात्रै गर्नु भन्दा नि आज ती करिब ५२,००० कृषक समुहहरुले नेपाली कृषिमा गरेको योगदानलाई पनी अध्ययन गर्ने गरौ, बुझौ अनि मात्रै समुहलाई कर, भ्याट, अन्तशुल्क के के लगाउनु पर्ने हो सोचौ।

सोच बदल्नुस , आफू बल्नुस, दुनियाँ आफै बदलिन्छ।