
काठमाडौं । एनएमबि बैंक लिमिटेडको अगुवाइमा कास्की जिल्लाको मादी गाउँपालिकामा निर्माणाधीन २४.८ मेगावाट क्षमताको बज्र मादी जलविद्युत आयोजनाको लागि वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। उक्त आयोजनामा एनएमबि बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड, र बज्र इनर्जी भेन्चर्स प्रा। लि। बीच ऋण लगानीका लागि समझदारी गरिएको हो।
आयोजनाको अनुमानित लागत करिब ५ अर्ब ३५ करोड रुपैयाँ रहेको जनाइएको छ, जसमा बैंक तथा वित्तीय संस्थाहरूको संयुक्त ऋण लगानी ३ अर्ब ७४ करोड ५० लाख रुपैयाँ रहनेछ। एनएमबि बैंक लिमिटेड यस आयोजनाको अग्रणी बैंकको रूपमा रहनेछ। हालसम्म एनएमबि बैंकले ५० भन्दा बढी जलविद्युत आयोजनामा लगानी गरिसकेको जानकारी दिएको छ।
यसैबीच, एनएमबि बैंककै अगुवाइमा सञ्चालित भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडद्वारा प्रवद्र्धित २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजना पनि कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका र पोखरा महानगरपालिकामा सफलतापूर्वक निर्माण सम्पन्न भई २०८१ साल कार्तिक २७ गतेदेखि व्यापारिक उत्पादन सुरु भएको छ। उक्त आयोजनामा कर्माचारी सञ्चय कोष तथा कृषि विकास बैंक लिमिटेडको पनि ऋण लगानी रहेको छ।