पेट्रोलियम पदार्थको मूल्य घट्यो


नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ ।

इन्डियन आयल कर्पोरेसनबाट बिहीबार प्राप्त मूल्यसूची अनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

आज राति १२ बजेबाट लागू हुनेगरी समायोजित मूल्यअनुसार पेट्रोलमा १ र डिजेल–मट्टितेलमा ३ रुपैयाँले मूल्य घटाइएको छ ।

घट्दोमूल्य अनुसार पेट्रोलको मूल्य अब काठमाडौं, दिपायल र पोखरामा १ सय ५४ रुपैयाँ ५० पैसा, सुर्खेत र दाङ क्षेत्रमा १ सय ५६ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १ सय ५७ रुपैयाँ मूल्य कायम भएको छ ।