
- विनोद थापा, बनेपा। काभ्रेपलान्चोक आईटीएफ तेक्वान्दो प्रतिस्ठानको आयोजना तथा बनेपा नगरपालिकाको मुख्य प्रायोजनमा बनेपा मेयर कप भ्याली आईटीएफ तेक्वान्दो प्रतियोगिता सुरु भएको छ।
दुई दिनसम्म चल्ने प्रतियोगितामा काभ्रे, काठमाडौं,ललितपुर, भक्तपुर र रामेछापका गरि २५० खेलाडीहरुको सहभागिता रहेको छ। सबै खेलहरु काभ्रे तेक्वान्दो आईटीएफ प्रतिस्ठानको हलमा हुनेछ।
१५ देखि ७० केजी मुनिका तौल समूहमा विजयी हुने खेलाडीले ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन्।
प्रतियोगिताको उद्घाटनमा प्रमुख अतिथि बनेपाका मेयर शान्ती रत्न शाक्य,उपमेयर बिमला सापकोटा दाहाल काभ्रे आईटीएफ अध्यक्ष किशोर बरुुण श्रेष्ठ आईटीएफ महासंघ का उपाध्यक्ष राज मन्दिर श्रेष्ठ लगाएत ले गरेका थिए आईटीएफका प्रमुख प्रशिक्षक उमेश राजथला लगायत विशेष अतिथिहरुको सहभागिता रहेको थियो।
उद्घाटन समारोह बोल्दै मेयर शाक्यले भन्नुभयो, यो खेलले समग्रमा खेलाडीको मात्रै नभइ राज्यको पनि पहिचान राख्ने भएकाले यस खेलमा लाग्न सबै खेलाडी हौसला प्रदान गर्नु भयो। साथै बनेपामा अझै यस खेललाई लगानी गरि धेरै खेलाडी उत्पादन गर्न आफू सक्दो सहयोग गर्ने बताउनुभयो।