विगत १ दशकदेखि कृषि, आर्थिक, लगायतका क्षेत्रमा कलम चलाइरहेका पत्रकार निराज रानाभाट सम्मानित


काठमाडौं। पत्रकार निराज रानाभाटलाई विश्व प्रकृति संरक्षण नेपालले सम्मान गरेको छ।

काठमाडौंको टोखा नगरपालिका -४, धापासी हाइटस्थित रैथाने एग्री प्रडक्ट्स नेपालको कार्यालय परिसरमा ‘कृषिमा उन्नति, देशको प्रगति’ भन्ने नाराका साथ विश्व प्रकृति संरक्षण नेपाल ( WWN ) को आयोजना तथा बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, टोखा नगरपालिका, रैथाने एग्री प्रडक्ट्स नेपाल एवं विभिन्न संस्थाहरुको सहकार्यमा आयोजना गरिएको ‘बृहत् कृषि मेला’ मा रानाभाटलाई नेपालको रैथाने कृषि मौलिक सीप, कला र प्रविधि समुदाय विशेष खानाको जर्गेना गर्न निरन्तर प्रयास तथा महत्वपूर्ण योगदानको कदर गर्दै कदर – पत्रद्दारा आज सम्मान गरिएको हो।

कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले रानाभाटलाई कदर-पत्र प्रदान गरेका हुन् ।

कृषि जैविक विविधता, मौलिक सीप, कला र प्रविधिहरुको संरक्षण, प्रवर्धन र बजारीकरणका लागि निरन्तर सहयोग गरेकोमा रानाभाटलाई विश्व प्रकृति संरक्षण नेपालले धन्यवाद समेत व्यक्त गरेको छ।

रानाभाट विगत १ दशकदेखि कृषि, आर्थिक, शिक्षालगायतका क्षेत्रमा कलम चलाइरहेका छन् । निराज रानाभाट जन अपडेट मिडिया एण्ड एडभर्टाइजमेन्ट प्रा.लि. द्दारा संचालित जन अपडेट डटकम प्रबन्ध निर्देशक समेत हुन्।

यसअघि रानाभाटलाई २०८१ चैत २८ गते नेपाल डेरी एसोसिएशनले सम्मान गरेको थियो । काठमाडौंको नयाँ बानेश्वरमा ‘नियमित मोही सेवन, स्वस्थ र फुर्तिलो जीवन’ भन्ने नाराका साथ पशु सेवा विभाग तथा राष्ट्रिय दुग्ध विकास बोर्डको सहकार्यमा नेपाल डेरी एसोसिएशन एवं विभिन्न सरोकारवाला संस्थाहरुले आयोजना गरेको ‘राष्ट्रिय मोही दिवस एवं राष्ट्रिय मोही सेवन अभियान शुभारम्भ कार्यक्रम – २०८१’ को अवसरमा रानाभाटलाई दुग्ध पदार्थ विविधीकरण अन्तर्गत मोहीको मौलिकता, उपयोगिता, व्यवसायिकता तथा बजारीकरण गरी मोहीको राष्ट्रिय प्रवर्द्दनमा मिडिया मार्फत निरन्तर योगदान पुर्‍याएको भन्दै दोसल्ला ओढाइ साथै सम्मान-पत्रद्दारा सम्मान गरिएको थियो ।