प्रविधिको असर र बालमनोविज्ञान उठान गर्ने ‘ झिल्को द स्पार्क ’ आजदेखि देशभर प्रदर्शनमा


काठमाडौं । प्रविधिको अनियन्त्रित प्रयोग, मोबाइल लत र बालबालिकाको मनोवैज्ञानिक अवस्थालाई कलात्मक ढंगले प्रस्तुत गर्ने नेपाली चलचित्र ‘ झिल्को द स्पार्क ’ आजदेखि देशभर प्रदर्शनमा आएको छ।

बालमनोविज्ञान, पारिवारिक सम्बन्ध र सामाजिक संवेदनशीलता जस्ता विषयमा केन्द्रित यो चलचित्रले अभिभावक, शिक्षक र नीतिनिर्मातालाई पनि सोच्न बाध्य बनाउने अपेक्षा गरिएको छ।

चलचित्रमा सुनिल पोख्रेल, वर्षा शिवाकोटी, विशाल पोखरेल, आयुषि ढकाल, जेभिन तथा जेनिष श्रेष्ठ, भोला सापकोटा, जान्वी बस्नेतलगायतको अभिनय देख्न सकिन्छ।

विशेषगरी आयुषि ढकालले निर्वाह गरेको बाल पात्रको भूमिकालाई दर्शकहरुले अत्यन्त मन पराउने निर्माण पक्ष जनाएको छ ।

मिडिया फर कल्चर प्रा.लि. को ब्यानरमा निर्माण भएको यो चलचित्रको निर्देशन यादवकुमार भट्टराईले गरेका हुन् ।

कथा तथा पटकथा भट्टराईले अरुण देव जोशी र देव ब्रतसँग सहकार्यमा तयार पारेका हुन् ।

निर्माण टिममा कार्यकारी निर्माता उमेश पौडेल रहेका छन्, भने निर्माताको रुपमा सुशीला आचार्य, रामगोपाल थापा र किरण कुमार आचार्य रहेका छन् ।

चलचित्रको छायांकन दीपक बज्राचार्य, सम्पादन निमेष श्रेष्ठ, कलरिष्ट श्याम कुँवर र उत्तम न्यौपानेले गरेका छन्।