
‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूलमन्त्रका सञ्चालित नेपाली हस्पिटालिटी ब्राण्ड होटल पौवाले स्थापनाको नवौं वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको ‘स्वाद–उत्सव’ कार्यक्रम काठमाडौँ शाखामा २ हजार बढीले सहभागीता जनाएका छन् ।
होटल पौवाका अनुसार चैत्र २५ गतेदेखि २९ गतेसम्म आयोजित ‘स्वाद–उत्सव’मा काठमाडौँ शाखामा २ हजार २ सयले सहभागीता जनाएका छन् ।
स्वादउत्सवमा काठमाडौँमा मात्रै २ हजार २ सय जनाले निःशुल्क नेपाली स्वाद र संस्कृति झल्किने मौलिक खानाको स्वाद लिएका छन् ।
यस उत्सवमार्फत पौवाले नेपाली स्वाद, संस्कृति र आतिथ्य संस्कारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य लिएको थियो । यो लक्ष्यमा सफलता प्राप्त भएको पौवाका ब्राण्डिङ प्रमुख विष्णु भण्डारीले बताए ।
देशभरीका शाखामार्फत सञ्चालित यस अभियानमा २ लाख हाराहारीले सहभागीता जनाएको बताइएको छ ।