ईकोनोमिक खबर, काठमाण्डौं। मेगा स्टक मार्केट्स लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवाको अनुमति लिएको छ। यस अवसरमा पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा प्रारम्भ गर्नका लागि विधिवत समुद्घाटन समारोह सम्पन्न गरेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेडबाट धितोपत्र दलाल सदस्य नं ७५ र सिडिएस एण्ड क्लियरिङ्ग लि.को राफसाफ सदस्यता लिई आवश्यक सम्पूर्ण प्रक्रिया पूरा भइसकेको छ।
होटल एलोफ्तमा भएको उक्त समारोहको अध्यक्षता कम्पनीका अध्यक्ष प्रा.डा गोविन्द नेपाल, प्रमुख अतिथि नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल र विशेष अतिथि नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लि.का अध्यक्ष पृथ्वीबहादुर पाँडे लगायतको उपस्थिति रहको थियो । विशेष अतिथिको रुपमा नेपाल स्टक एक्सचेञ्ज लि.का प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की सहभागी हुनुहुन्थ्यो ।
उक्त समारोहमा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लि., सिडिएस एण्ड क्लियरिङ्ग लि., नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लि. तथा एनआइएमबी एस क्यापिटल लि.का सञ्चालक तथा उच्च व्यवस्थापनका कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो ।
कम्पनीले सुशासन, नियम परिपालना, उच्च प्रविधिको प्रयोगबाट लगानीकर्ताहरुलाई छिटो र सरल ग्राहकमैत्री सेवा दिने प्रतिबद्घता व्यक्त गरेको छ । धितोपत्र दलाल सेवालाई विकेन्द्रीकरण गर्ने तथा पूँजीबजारको विकासलाई टेवा पु¥याउँदै कम्पनीलाई शिर्ष धितोपत्र व्यवसायी बनाउनेमा केन्द्रित रहने जानकारी समेत गराईएको थियो ।
उपस्थित प्रमुख अतिथि, विशेष अतिथि तथा अतिथिहरुले कम्पनीलाई सफलताको साथै लगानीकर्ताको हकहित संरक्षणमा केन्द्रित हुने, पूँजीबजारको बिकासमा टेवा पु¥याउने विश्वास समेत व्यक्त गर्नु भएको थियो ।
यही २०८० भाद्र १० गतेका दिनबाट लगानीकर्ताहरुले ब्रोकर खाता खोली कम्पनीबाट आफ्नो कारोबार गर्न सक्नेछन् । सोका लागि ग्राहक वर्गले https://tms75.nepsetms.com.np/login मा लगइन गर्नुपर्ने छ । थप विवरणका लागि www.megastock.com.npमा हेर्न सकिने छ ।