आज तोलाको एक लाख ८७ हजार कायम


काठमाडौँ। सुनको मूल्य तोलाको रु एक लाख ८७ हजार पुगेको छ। यो हालसम्मकै उच्च हो।

मङ्गलबार प्रतितोला रु एक लाख ८४ हजार ३०० मा कारोबार भएको सुन आज तोलामा रु दुई हजार ७०० बढेर रु एक लाख ८७ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 

त्यस्तै आज चाँदीको मूल्य तोलाको रु एक हजार ९५५ कायम भएको छ । अघिल्लो दिन कारोबारको तुलनामा आज चाँदीको मूल्य तोलामा रु १० बढेको हो । अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस तीन हजार २८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।