Apr 29, 2025

शिक्षक महासंघ र सरकारबिच छलफल सुरु


काठमाण्डू– नेपाल सरकार र केहि दिनयता आन्दोलनरत शिक्षकहरूबिच सिंहदरबारमा छलफल सुरु भएको छ ।

शिक्षामन्त्री विद्या भट्टराईको उपस्थितिमा आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारका प्रतिनिधिबिच केहि बेर अधि मात्रै वार्ता सुरु भएको हो।

शिक्षा ऐन माग्दै शिक्षकहरू नौ दिनदेखि काठमाण्डूको माइतीघरमा आन्दोलन गर्दै आएका छन्।

यसअघि सरकारले शिक्षकहरूलाई पटक–पटक वार्तामा बोलाउँदा पनि वार्तामा गएका थिएनन्।