सानिमा बैंकको दराज संग “Daraz Monthly Payday योजना” का लागि सहकार्य


ईकोनोमिक खबर, काठमाण्डौं। सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग “Daraz Monthly Payday योजना”अन्तर्गत विशेष छुट दिने सहकार्य गरेको छ । 
ग्राहकहरुले सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट दराजमा अग्रीम भुक्तानी गर्दा भाद्र २०८० देखि श्रावण २०८१ सम्म हरेक महिनाको ७ गते विशेष छुट प्राप्त गर्न सक्नुहुनेछ ।

ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम् रु. ५००÷– सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०% वा अधिकतम् रु ७५०÷– सम्मको छुट प्राप्तगर्न सक्नुहुनेछ । छुट प्राप्त गर्न ग्राहकहरुले दराज एपमा भौचर सङ्कलन गर्नुपर्नेछ ।

यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी (EMI) सुविधा पनि प्राप्तगर्न सक्नुहुनेछ । उक्त छुट प्राप्त गर्न ग्राहकहरुले आफ्नो डेबिट वा क्रेडिट कार्डमा अनलाइन पेमेन्ट सेवा सुचारु गरी सक्नुपर्ने हुन्छ । 

अनलाइन पेमेन्ट सेवा सुचारु गर्ने प्रकृयाको भिडियो सानिमा बैंकको आधिकारिक Youtube च्यानल https://www.youtube.com/watch?v=aCHTzUKKO0o&t=8s)मा राखिएको छ ।