
काठमाडौं -श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम बजार सूचना प्रणालीको विस्तार गरेर रोजगार र उद्यम प्रर्वद्धन गर्न सरकार प्रयासरत रहेको बताएका छन्।
लर्डबुद्ध एजुकेशन फाउण्डेसनको मैतिदेवीस्थित क्याम्पसमा आज आयोजित रोजगारीमूलक नयाँ वेबसाइट शुभारम्भका अवसरमा उनले आन्तरिक रोजगार प्रवर्द्धनका लागि उद्यमशीलता अपरिहार्य भएको उल्लेख गर्दै निजी क्षेत्रलाई सामूहिक प्रयासका लागि आह्वान समेत गरे।
मन्त्री भण्डारीले मन्त्रालयले विकास गर्दै गरेको राष्ट्रिय रोजगार पोर्टलबारे चर्चा गरे। उनले कोशी प्रदेशबाट सुरु भएको ‘श्रम संसार’, रोजगार पोर्टललाई छिट्टै सबै स्थानीय तहमा बिस्तार गर्ने जानकारी दिए।
लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका अध्यक्ष पंकज जालानले नयाँ वेबसाइटले विद्यार्थीहरूलाई सही सीप, अवसर र उद्योगसँगको सम्बन्ध निर्माण गर्न सघाउनेमा विश्वास व्यक्त गरे।
कार्यक्रममा सूचना प्रविधि क्षेत्रका साझेदार कम्पनीलाई सम्मान गरिएको थियो।